भारतले प्याजमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकासियो

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकासिएको छ।

सोमबार, १३ असोज २०७६    Capital Live News



भारतले प्याजमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकासियो

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकासिएको छ। स्थानीय बजारमै प्याजको मूल्य बढ्न थालेपछि सरकारले निर्यात हुने प्याजमा प्रतिबन्ध लगाएको हो । भारतीय सञ्चार माध्यममा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार आएपछि सोमबार प्रतिकेजी प्याजको मूल्य १ सय ३५ रुपैयाँ पुगेको छ। भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन्। बजारमा उपभोक्ताले प्याज प्रतिकिलो १ सय २० रुपैयाँसम्म हालेर किन्नु परेको छ। नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतबाट प्याज आयात हुन्छ।


प्रतिकृया दिनुहोस