बैंक ह्याकिङ प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा सोही बैंकको लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन्

आइतबार, १२ असोज २०७६    Capital Live News



बैंक ह्याकिङ प्रकरणमा  लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ

काठमाडौं  - कृषि विकास बैंक ह्याकिङ प्रकरणमा सोही बैंकको लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकारीका अनुसार ह्याकर समूहले झाकै युजरनेम र पासवर्ड प्रयोग गरेको पाइएको छ । उनलाई बैंकले समेत निलम्बन गरिसकेको बताइएको छ । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो ।


प्रतिकृया दिनुहोस