ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

दशैँको लागि आज देखि नयाँ नोट साट्न पाइने

दशैँको लागि आज देखि नयाँ नोट साट्न पाइने भएको छ ।

शुक्रबार, १० असोज २०७६    Capital Live News



दशैँको लागि आज देखि नयाँ नोट साट्न पाइने

 असोज १०,

 दशैँको लागि आज देखि नयाँ नोट साट्न पाइने भएको छ । दशैँमा साना दरका नयाँ नोटको माग उच्च हुने भएकोले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने भएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

यो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस