कृषि विकास बैंक धनगढी सहित तीनवटा शाखामा झण्डै २ करोड रुपैयाँ चोरी

कृषि विकास बैंकको धनगढी सहित तीन वटा शाखामा कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ चोरी भएको  छ ।

बुधबार, ०८ असोज २०७६    Capital Live News



कृषि विकास बैंक धनगढी सहित तीनवटा शाखामा झण्डै २ करोड रुपैयाँ चोरी

धनगढी, असोज ०८

 कृषि विकास बैंकको धनगढी सहित तीन वटा शाखामा कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ चोरी भएको  छ । कैलालीको धनगढी,सिरहाको लहान र चितवनको सौराहा शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको हो । शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर तीन वटा शाखाबाट झण्डै २ करोड रुपैयाँ चोरी भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जनाएका छन ।
ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिनुभयो । यसबारेमा राष्ट्र बैंकमा बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।
यसअघि गएको महिनामा  पनि चिनियाँ ह्याकरहरुले नेपाल र भारतमा एटीएम ह्याक गरेर तीन करोड रुपैयाँ भन्दा धेरै रकम चोरी गरेका थिए ।


प्रतिकृया दिनुहोस