लगातार १६ बर्ष देखि उत्कृष्ट

बिमाको फाइल बोकेर खाली पेटमा तराईको ४२ डिग्रीको गर्मीमा रातदिनको दौडधुप, संकटकालको दौरानमा पनि रातदिन दौडिरहे आज नयाँ पहिचान बनाउन सफल

आइतबार, ०५ असोज २०७६    क्यापीटल संवाददाता



लगातार १६ बर्ष देखि उत्कृष्ट

वि स २०३४ सालमा  डडेल्धुराको समैजी गाबिस पालिमा जन्मिएका मदन भट्ट सरकारी स्कुलमा कक्षा ५ मा पढदा पढदै पहाड सपरिवार तराइ बसाई सरे । कैलाली जिल्लाको धनगढी स्थित एश्वर्य बिद्या निकेतनमा कक्षा २ मा भर्ना भए,बाल्यकाल धनगढीमै बिताएका उनी स्कुले जिवनमा रास्ट्रीय स्तरको चित्रकला प्रतियोगिताहरुमा प्रथम,द्वितीय मात्र भएनन बिद्यालय स्तरिय बिरेन्द्र शिल्ड प्रतियोगिता,छोटो तथा लामो दुरिको म्याराथन धावक, सितोरियो कराते खेलाडी, साहित्यकार अनि सन्काहा लडाकुको रुपमा पनि आफुलाइ स्थापित गराउन सफल रहे । २०५१ सालको एसएलसीमा २ नम्बरले फस्ट डिभिजन रोकियो । २ मा कैलाली बहुमुखी क्याम्पस भर्ना भएका उनले  राम्रो अंक ल्याएर उत्तीर्ण गरे तर स्नातक तहमा राम्रो नतिजा आएन । त्यसपछि उनको सोचमा अब केही काम गर्नु पर्छ भन्ने सोच उनको मनमा बहकिन थाल्यो । त्यसबेला डडेल्धुराका चर्चित ठुला ब्यापारीको घरमा जन्मिएर सम्पन्नतामा बाल्यकाल  बिताएका उनलाइ नयाँ चुनौती थपियो,बुवाको व्यापार डुब्यो,आर्थिक स्थिति खस्केर नाजुक अवस्थामा पुग्यो र जिन्दगीमा ठुलो संघर्षका दिनहरु आए,उनको अगाडि केही न केही गर्नैपर्ने बाध्यता थियो तर केही गर्नलाइ पैसा थिएन ।

 

सानै देखि हकि र लडाकु स्वभावका मदनले कहिले हार मानेनन नयाँ नयाँ जुक्तीमा लागिरहे,जो उनको बाध्यता थियो,उनी लामो श्वास तान्दै भन्छन जिन्दगीमा काठको काम गरे,किराना पसल चलाए गौरिफन्टा भारत बाट पसलको लागि चिनी बोके,जिन्दगीमा कति हन्टर खाए,कति संघर्ष गरे,ग्याङ्ग फाइट गरे, कुटियो कुटाइ पनि खाइयो, उनले भने । आर्थिक स्थिति तहस नहस भएर किराना पसलमा आटा चामल तौलिएर थन्किएका निरास भएका उनि सम्झिन्छ्न । २०६० साल असोज २८ गतेको त्यो बिहान मेरो लागि जिन्दगीकै अभुतपुर्ण सुनौलो बिहानी थियो जुन बिहानी मैले अचानक लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता बन्ने निर्णय गरे, त्यो दिन बिहानै ९ बजे एसएलसीको प्रमाणपत्र, १ हजार लिएर बिमा एजेन्ट बन्ने सोचले उनि नेपालगञ्जमा पुगे । तत्कालीन एलआइसि का प्रमुख पदम राना अभिकर्ता तालिमको सकेर सुर्खेतको गाडी चढीसक्नु भएको थियो,उनि पनि सहभागी हुन चाहन्थे गोजि छामे पैसा थिएन चुपचाप भ्याउन्न भनेर घर फर्किए । ४ दिन पछि लाइसेन्स आयो अनि सुरुभयो उनको बिमा क्षेत्रको अपराजित यात्रा, २०६० साल देखि अहिलेसम्म नेपालका उत्कृष्ट ठुला २ कम्पनी एलआइसि र नेपाल लाइफमा उत्कृष्ट ५ भन्दा तल नझरेका उनी ७ नप्रदेशको बिमा क्षेत्रमा एकलौटी राज गर्दै अगाडि बढिरहेका छन । निरन्तर १६ बर्ष देखी बिमा कम्पनिको अभिकर्ता भएका आज उनीसंग ,धनगढीमा २ वटा घर,गाडी, ठाउँ ठाउँ मा जग्गाजमिन देखि बार्शिक डेढ करोड आफ्नै घरका सदस्य हरुको बिमा किस्ता तिर्नसक्ने बार्षिक ४० लाख सरकारलाइ कर तिर्ने क्षमतामा पुगेका छन् । उनको प्रगती कुनै सपना भन्दा कम लाग्दैन तर उनिले यो स्थान सम्म पुग्न मेहनत अनि संघर्षको कथा ठूलो रहेको छ ।  तराई को बैशाख जेष्ठको गर्मीमा एक कप कालो चिया पिएर कैलालि जिल्लाका दुर्गम थारु बस्तिमा रहेका स्कुलहरुमा गएर २ महिनामा २०० जना शिक्षकहरुको बिमा गर्न सफल भए । उनले बिमाको महत्व, बिमाको सचेतना फैलाउदै,नेटवर्क ब्यापारको आतंक चिर्दै इमानदारी साथ आफ्नो पेशामा तबसम्म लागिरहे जबसम्म तराईको ४२ डिग्रीको गर्मीमा खाली पेट रातदिनको धपडीले प्रेसर लो भएर अस्पताल भर्ना हुनु परेन,संकटकालको दौरान पनि  रातदिन बिमाको फाइल बोकेर दौडिरहे । माओबादीले बम हाने,सेनाले कन्चट मा गन लगाए पनि तर उनी रोकिएनन,उनि थामिएनन र यहि संघर्षको बिच  सन २००८ को त्यो दिन आयो जुन दिन उनी एल आइ सि ९ नेपाल्०को नेपाल् टपर घोषणा भए र त्यहिवर्ष अमेरिका जाने मौकापनि तर उनी अमेरिका गएनन र आफ्नै माटोमा केही गरेर देखाउने कसम खाए । उनि भन्छन,त्यो समय नेपाली कम्पनीमा कसैको बिश्वास थिएन र हर कोहि भारतिय कम्पनीमा बिमा गराउन चाहन्थे,तर उनले कसम खाए जसरी पनि भारतियहरुलाइ यहाँ बाट गैरकानुनी बिमा गर्न रोक्छु,नेपाली कम्पनी प्रती बिश्वास बढाउछु।,यसैक्रममा भारतिय अभिकर्ता लखेटेर सिमा कटाउने काम सम्म गरियो,कसले कति कमायो भन्दापनी उनि गर्व गर्छन,हामी सबैको प्रयासले आजको दिन बिमाको नाममा भारत जाने अर्बौ रुपैया नेपाल मै रोक्न सफल भएका छौ,सरकारले राजस्व पाएको छ अनि नेपालीहरुले रोजगारी पाएका छन् ।उनको जिवनमा नयाँ  मोड आयो त्यो हो नेपाल लाइफका सिईओ बिबेक झा सङ्गको भेटउनको  जिन्दगी कै गेम चेन्जर भेट् साबित भयो,बिमा क्षेत्रमा नयाँ अभिभावक पाए फलस्वरूप ९ बर्ष टप लेबलमा काम गरेको कम्पनी छोडेर नेपाल लाइफमा काम गर्न पुगे। नेपाल लाइफमा काम गरेपछी बल्ल उनको जिन्दगीको स्वर्णिम काल सुरु भयो,हिजो लाखौंको बिमा ब्यबसाय करोडौंमा बिस्तार गरियो र उनिआफ्नो नयाँ पहिचान बनाउन सफल भए ।

 

उनी भन्छन्, मैले मेरो बिमा ब्यबसायमा अगाडि बढनलाइ कहिले कसैको प्रयोग गरेन,कसैको डोकोमा चढेर सगरमाथा चढन चाहेन मेरा सुभचिन्तक साथीहरु,मेरा बिमितहरुको बिश्वास,माया र सहयोगले नै आज यहाँ पुग्न भएको बताए । नेपाल लाइफमा काम गर्न सुरु गरेको बर्ष नै २०१२ मै सारा पुराना रेकर्ड तोडेर नेपाल टप भए । गत बर्ष उनले पहिले कामगरेको  कम्पनी भन्दा एक्लैको ७ दशमलब ३६ करोड पुगाए । उनले भने एउटा कुरा चाहिँ मेरो जिवनमा गज्जब भयो,२००७ मा एल आइ सि बाट नेपाल टप हुने साथिले कार जिते तर २००८ मा आफु नेपाल टप हुदा बिमा समितीको नियम बदलियो र मैले कार उपहार पाएन,यसैगरी २०११ मा नेपाल लाइफ बाट नेपाल प्रथम हुने साथीले १६ लाखको कार उपहार पाए तर २०१२ मा म नेपाल टप हुदा बिमा समितिको नेतृत्वमा आएका बिनोद अर्यालको नयाँ नियमको कारण फेरि एकपटक म कार उपहार पाउनबाट बन्चित रहे । आर्थिक रुपले सम्पन्न भइसकेपछी बिस्तारै समाज सेवातर्फ अग्रसर हुन थालेका छन् । अहिले फेसबुकबाट बिकृती र बिसंगती बिरुद्द जोडदार ढङ्गले प्रतिकार गर्दै आएका छन् । उनले गैरकानुनी अतिक्रमण हटाउने क्रममा अदालतमा मुद्दा समेत खेपेका थिए । अत्तरिया धनगढी ६ लेन सडकमा देखाएको साहस,अग्रसरता अनि प्रहरी हिरासत सम्मको पुगे । तर उनि निरन्तर अत्तरिया धनगढी ६ लेन सडक विस्तार गर्न लागिनै परे ।  उनको  सपना बाकी बचेको जिन्दगी समाज सेवाको माध्यमबाट यहि माटोको लागि अर्पण गर्ने सोच बनाएका छन् । 


प्रतिकृया दिनुहोस