ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

खुटिया–दीपायल फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने सरकारको निर्णय

शुक्रबार, १७ जेठ २०७६    Capital Live News



खुटिया–दीपायल फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने सरकारको निर्णय

धनगढी, १७ जेठ । 

    सरकारले खुटिया–बीपीनगर–दीपायल फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।
    रुख कटानको अनुमति नपाउँदा फाष्ट ट्रयाकको काम दशकदेखि अल्झिएको थियो । रुख कटानको अनुमति पाएसँगै काम अगाडि बढ्ने आशा बढेको छ । रुख भएका क्षेत्रमा ट्रयाक खोल्ने कामसमेत पुरा भएको थिएन ।
    सरकराले बुधबार सार्वजनिक गरेको बजेटमा पनि खुटियादेखि उरई भञ्ज्याङ सडक (२९२ किमी) निर्माणको योजना समावेश गरिएको छ । यो सडकले खुटिया–दीपायल–चैनपुर–उरई भञ्ज्याङ हुदै तिब्बतको ताक्लाकोट जोड्नेछ । 
यो सडकमा खर्च गर्नसक्ने क्षमताका आधारमा सरकारले बजेट छुट्याउने जनाएको छ । भूगोल सहज, कम लागत र दूरी कम भएका कारण उत्तर दक्षिण लोकमार्गका रुपमा यो नाका स्थापित हुनेछ ।
खुटिया–दीपायल सडकको ट्रयाक खोल्ने कार्य ९ वर्षअघि शुरु भए पनि पुरा भएको छैन । डिभिजन वन कार्यालय कैलालीले फाष्ट ट्रयाकमा अनुमति विनै ढालिएका रुखको क्षतिपूर्ति माग गर्दै क्षतिपूर्ति नदिएसम्म रुख कटानको अनुमति नदिन विभागमा सिफारिस गरेको थियो । 
३९ वटा रुख ढालेर गायब पारिएको भन्दै वनले फाष्ट ट्रयाक आयोजना कार्यालयसँग १० लाख ८६ हजार रुपैयाँ क्षतिपूर्ति असुल्न वन विभागलाई पत्राचार गरेको थियो । ट्रयाक खोल्ने क्रममा डोजरले ढालेर गायब पारिएका रुखको क्षतिपूर्ति नपाएसम्म फाष्ट ट्रयाकको काम अगाडि बढाउने अनुमति नदिन विभागलाई सिफारिस गरिएको थियो ।
वन कार्यालयका अनुसार करिब दुई वर्षयता राष्ट्रिय वन क्षेत्रमा पर्ने ३४ वटा र सामुदायिक वन क्षेत्रमा पर्ने ५ वटा रुख डोजरले ढालेर गायब पारिएको भेटिएको थियो । सडक विभागअन्तर्गत निर्माणाधिन खुटिया–दिपायल फाष्ट ट्रयाक धनगढी–दिपायल जोड्ने छोटो मार्ग हो । 
 संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेर पुनः आफै लिएको यो आयोजनाको काम केही समयदेखि ठप्प छ । भीमदत्त राजमार्गभन्दा आधा कम दुरी रहेको र थुप्रै गाउँ सडक सञ्जालसँग जोडिने भएकाले फाष्ट ट्रयाकलाई दु्रत गतिमा अगाडि बढाउनु पर्ने माग यहाँका स्थानीयले गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस