कैलालीमा विप्लव समूहद्वारा ४३ विघा जग्गा कब्जा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी द्वारा कैलालीको बौनियाँ मा जग्गा कब्जा गरेको छ ।

बुधबार, १५ साउन २०७६    Capital Live News



कैलालीमा विप्लव समूहद्वारा ४३ विघा जग्गा कब्जा

टीकापुर : कैलालीको मध्यवर्ती बौनियाँमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीयको घरजग्गा कब्जा गरेको छ। पार्टीको संगठन जनपरिषद नेपाल बर्दगोरिया गाउँपालिकाले चार जनाको ४३ विघा १७ कठ्ठा जमिन र घर बुधबार बिहानै कब्जा गरेको हो। 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी द्वारा कैलालीको बौनियाँ मा जग्गा कब्जा गरेको छ । जनयुद्ध कालमा पार्टीले कब्जा गरेको जग्गा दलाल र भुमाफिया मिलेर दलाली गरेको भन्दै तत्कालिन सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंक को स्वामित्वमा रहेको १७ कठ्ठा ,देव बहादुर मल्ल र राजेन्द्र मल्ल को घर सहित ३५ बिगाह जग्गा मा सो पार्टीको जनपरिषद नेपाल बर्दगोरिया गाउपालिका को ब्यानरमा जग्गा कब्जा गरेको ब्यानर टाँसेर पुन कब्जा गरेको जनाएको छ । युद्धकालमा पार्टीले कब्जा गरेको जग्गा पुनः कब्जा गरिएको र सो जग्गा विक्री वितरण मा संलग्न दलाल ,भुमाफिया र पार्टीका नेता लाई भौतिक रुपमा जनकारवाही गरिने समेत उल्लेख गरिएको छ भने उक्त व्यानरमा क ।अनुकूल बर्दगोरिया जनपरिषद प्रमुख भनेर उल्लेख गरिएको छ । 

 

 


प्रतिकृया दिनुहोस