सुदुरपश्चिममा प्रथम महिला गोल्ड कप आयोजना हुने

प्रथम महिला गोल्ड कप

सोमबार, १३ जेठ २०७६    क्यापीटल संवाददाता



सुदुरपश्चिममा प्रथम महिला गोल्ड कप आयोजना हुने

क्यापिटल सम्वाददाता,धनगढि 

सुदुरपश्चिममा प्रथम महिला फुटवल गोल्ड कप प्रतियोगिता आयोजना हुने भएको छ । शैलेश्वोरि स्पोर्ट क्लव द्वारा आज धनगढीमा पत्रकार सम्मेलन गर्दै २०७६ साल मंसिर ५ गते देखि मंसिर १४ गते सम्म प्रतियोगिता हुने जानकारि  गराइएको छ । सुदुरपश्चिममै पहिलो पटक आयोजना हुने प्रतियोगिताले धनगढीमा फुटवलमा महिलाको सक्रियता बढाउने ,महिला खेलाडिहरुलाई खेलतिर उत्प्रेरित गराउने , सुदुरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र सुदुरपश्चिममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला खेलाडिहरु उत्पादन गर्ने उद्धेस्य योजना सहित प्रतियोगिता सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष घनश्याम भट्टले पत्रकार सम्मेलनमा जानकारि गराउनु भयो । 

 

मंसिर ५ गते देखि सन्चालन हुने प्रतियोगितामा सात (७) प्रदेश र तीन (३) विभागिय टीमहरुको सहभागिता रहने र आयोजक सुदुरपश्चिम प्रदेशको टीमरहने आयोजकको प्रेस विग्याप्तिमा उल्लेख गरिएको छ । साथै प्रतियोगिता सन्चालनको लागि ८२ लाख खर्च हुने अनुमान गरिएको  छ।

 प्रथम पटक आयोजना हुन गइरहेको प्रतियोगिताको प्रथम हुने टीमले नगद रु. ५ लाख १ हजार र उपबिजेता टिमले नगद रु. २ लाख ५१ हजार सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र पुरुस्कार प्रदान गरिने समेत जानकारी गराइएको छ । साथै प्रतियोगिताको उत्क्रिष्ट खेलाडिलाई स्कुटि प्रदान गरिने भएको छ ।

 विभिन्न बिधाका उत्क्रिष्ट् खेलाडिहरुलाई १०/१० हजार र प्रत्यक खेलको म्यान अफ दि म्याच लाई ५/५ हजार प्रदान गरिने आयोजक शैलेश्वोरि स्पोर्ट क्लवले जानकारी गराएको छ


Tags : #सुदुरपश्चिम

प्रतिकृया दिनुहोस