निजगढ विमानस्थल र द्रुतमार्गका लागि बजेट अभाव हुँदैनः अर्थमन्त्री

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



निजगढ विमानस्थल र द्रुतमार्गका लागि बजेट अभाव हुँदैनः अर्थमन्त्री

काठमाडौं, पौष २९ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताएका छन् ।

 

मंगलबार प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा। खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गरे ।

 

राष्ट्रिय–अन्तर्राष्ट्रिय जहाँबाट भए पनि स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण गरिने उनको प्रतिबद्धता थियो ।

 

उनले विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै वस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, वन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारीसमेत लिएका थिए । केन्द्रमा समेत यस आयोजनालाई तीव्रता दिन निरन्तर काम भइरहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस