अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्षः स्थानीय तहमा भ्रष्टाचार बढ्‌यो

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्षः स्थानीय तहमा भ्रष्टाचार बढ्‌यो

काठमाडौं, पौष २९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संस्थाको २०७५र ७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् ।

 

घिमिरेले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले अख्तियारको काम प्रशंसनीय रहेको बताउँदै सुशासन स्थापनाका लागि भ्रष्टाचार नियन्‍त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

 

संविधानको मर्म र भावनाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण जस्तो कठिन कार्य अगाडि बढाइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ुभ्रष्टाचार रोग हो, यो रोग सबै मिलेर निर्मूल पार्नुपर्छ, उज्यालो दिनका लागि आफैं जल्नुपर्छु भनेझै सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि उच्च मनोबल र सक्षमताका साथ आयोगलाई काम गर्न आग्रह गरिन्।  राष्ट्र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको अवस्थामा आर्थिक सुशासनमा जोड दिनुहुँदै आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग हुने बताइन्।

 

आयोगको उनन्तीसौं वार्षिक प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगले सुशासनसम्बन्धी राज्यका नीति र प्राथमिकताको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रही संवैधानिक गरिमालाई उचो राख्दै स्वतन्त्र र निष्पक्ष कार्यसम्पादन गर्न आयोग प्रतिवद्ध रहेको बताए। प्रमुख आयुक्त घिमिरेले सरकारी, गैरसरकारी र निजी क्षेत्र, अन्तर्राष्ट्रिय जगत, सञ्चारकर्मी तथा नागरिक समाजलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको लागि सबैमा आग्रह गरे।घिमिरेले आयोगलाई सुझाव र मार्गदर्शनका लागि राष्ट्रपतिसमक्ष हार्दिक कृतज्ञता व्यक्त गरे।

 

आयोगको उनन्तीसौं वार्षिक प्रतिवेदन पेश गर्न आयोजित विशेष समारोहमा आयोगका माननीय आयुक्तहरू, आयोगका सचिव, महाशाखा प्रमुख र कर्मचारीहरूका साथै राष्ट्रपति कार्यालयका सचिव र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

पछिल्लो आर्थिक वर्ष २०७५र०७६ मा भ्रष्टाचार तथा अनुचित कामका सम्बन्धमा आयोगमा परेका उजुरी र त्यसउपर आयोगले गरेको छानबिन तथा कारबाही विवरण तथा सुझावसहित प्रतिवेदन पेस भएको छ। स्थानीय तहमा भ्रष्टाचार र अनियमिता बढेको अख्तियारको अनुसन्धानबाट देखिएको छ। अन्नपुर्णपोष्ट बाट साभार ।


प्रतिकृया दिनुहोस