ताजा अपडेट

बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली १ सय ७३ औं पटक रक्तदान गर्न पश्चिमनेपालको बाजुरा आउदै     |     अछाम जिल्लामै प्रथम पटक दुई स्थानमा विध्यालय स्तरीय संसदीय बहस सम्पन्न     |     अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय     |     सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्नुपर्छः मन्त्री बास्कोटा     |     प्रदेश १ मा थपिए चार राज्यमन्त्री     |     सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई     |     नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र     |     डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा     |    

पूर्व एमाले र माओवादी भन्ने भावना त्याग्नुपर्छः प्रवक्ता श्रेष्ठ

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



पूर्व एमाले र माओवादी भन्ने भावना त्याग्नुपर्छः प्रवक्ता श्रेष्ठ

तनहुँ, पौष २९ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारयणकाजी श्रेष्ठले सबै कार्यकर्ताले पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना त्याग्नुपर्ने बताएका छन्। नेकपा तनहुँले सोमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी एकताको अर्थ, महत्व र औचित्यलाई सबै कार्यकर्ताले आत्मसाथ गर्नुपर्ने बताएका हुन्।

 

उनले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लाग्नुपर्ने भएको बताए। श्रेष्ठले संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्नुपर्ने औल्याए। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको नेतृत्वको स्थानीय तहहरूले काम गर्दा जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए।

 

जनप्रतिनिधिले जनताको काम गर्दा पार्टीसँग समन्वय गरेर मात्र गर्नुपर्नेमा उनको जोड थियो। शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने भन्दै मुख्यमन्त्री गुरुङले शिक्षा र स्वास्थ्यको पहुँचमा सबै नागरिक पुर्‍याउँदै समाजबाद उन्मुख राज्य व्यवस्था स्थापना गर्नुपर्ने बताए। राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर नबन्दासम्म वैदेशिक हस्तक्षेप भइरहने उनको भनाई थियो।

 

उनले सामाजिक न्यायसहितको समावेशी लोकतन्त्र नेपालको विशेषता रहेको भन्दै विविधता बिचको एकता कायम गरी जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, तनहुँ जिल्ला अध्यक्ष केदार सिग्देललगायतले पार्टी एकतालाई जोड दिएका थिए।

 


प्रतिकृया दिनुहोस