रुपन्देहीमा माछा पाल्ने किसानको संख्या वर्षेनी बढ्दै, वार्षिक १ अर्बको कारोबार

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



रुपन्देहीमा माछा पाल्ने किसानको संख्या वर्षेनी बढ्दै, वार्षिक १ अर्बको कारोबार

२९ पुस, बुटवल ।
रुपन्देहीमा माछा पाल्ने किसानको संख्या वर्षेनी बढ्दै गएको छ । जिल्लाको छपिया क्षेत्र माछा उत्पादनका लागि प्रख्यात छ । जसलाई ‘माछा गाउँ’ कै रुपमा चिनिन्छ ।

 

तत्कालीन दयानगर गाउँ विकास समिति अहिले सियारी गाउँपालिका बनेको छ । यही गाउँपालिकामा सुरू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘माछा जोन’ कार्यक्रम थप चार गाउँपालिकामा विस्तार भएको छ ।

 

अहिले ‘माछा सुपर जोन’ लागू भएका सियारी, गैडहवा, सुद्धोधन र मायादेवी गाउँपालिका हुन् । यी गाउँपालिकामा व्यवसायिक रुपमा माछा पालन गर्ने किसानहरुको संख्या वृद्धि भइरहेको छ । खासगरी ‘माछाको राजधानी’कै पहिचान बनाएको छपिया क्षेत्रमा माछा पाल्ने किसानको उल्लेख्य छ ।

 

अनुकुल वातावरण भएका कारण छपिया क्षेत्रमा माछा व्यवसायीहरुको चाप बढेको माछा सुपर जोन सञ्चालक समितिका संयोजक गणेशबहादुर शाहीको भनाइ छ ।

 


प्रतिकृया दिनुहोस