दूरसञ्चार प्राधिकरणको आग्रह– मोबाइल टावरमा आक्रमण नगरिदिनुस्

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



दूरसञ्चार प्राधिकरणको आग्रह– मोबाइल टावरमा आक्रमण नगरिदिनुस्

काठमाडौं, पौष २९ ।
मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको उल्लेख गर्दै त्यसो नगरिदिन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

 

पछिल्लो समय नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायकका मोबाइल टावरमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन् ।

 

मंगलबार बिहानमात्रै काठमाडौंका दुई स्थानमा मोबाइल टावरमाथि आक्रमण भएको छ । यसअघि एनसेलको भैंसेपाटीस्थित मुख्यालयमै आक्रमण भएको थियो । विप्लवले गरेको उक्त आक्रमणमा एक जनाको ज्यान नै गएको थियो ।


सरकारद्वारा प्रतिबन्धित विप्लव समूहलगायतको संलग्नतामा यस्ता आक्रमणका घटना बढिरहेका बेला दूरसञ्चार प्राधिकरणले भने यस्तो कार्य नगरिदिन सम्बन्धित पक्षसँग अनुनय गरेको छ । दूरसञ्चारले सूचना नै जारी गरेर यस्तो आग्रह गरेको हो ।

 

दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेको सन्दर्भमा सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आमनेपाली उपभोक्तामा परेकाले त्यसो नगरिदिन उसले विप्लवलगायतलाई अपिल गरेको हो ।


प्रतिकृया दिनुहोस