पानीले हिउँदेवाली नस्ट हुदा कैलालीको भजनीका किसान चिन्तित

सोमबार, २८ पुष २०७६    Capital Live News



पानीले हिउँदेवाली नस्ट हुदा कैलालीको भजनीका  किसान चिन्तित

कैलाली, पौष २८ ।

पानीले हिउँदेवाली नस्ट हुदा कैलालीको भजनीका  किसान चिन्तित भएकाछन् । केहि साता देखि परिरहेको पानीले किसानलाई फाइदा भन्दा हानी धेरै पुगेको छ । पानी पर्दा भजनीका किसानको गहुँ तोरी र मसुरो बाली नस्ट हुदै गएको छ  । भजनी नगरपालिका  वडा नं. ३, ७ र ८ मा पानीले किसानको हिउँदेवाली नस्ट भएको छ ।

 

मंसिर मसान्त देखि केहि दिनको अन्तरालमा पानी परिरहेकोले किसानले लगाएको गहु, मसुरो, तोरीबाली डुबान हुदा नस्ट भएको कन्हैयापुरका किसान तेजराम चौधरीको गुनासो छ ।

 

उक्त वडामा चिम्टालो माटो रहेकोले वर्षाको पानी जम्ने भएकाले गहुँ, मसुरो, तोरी बाली नष्ट हुदै गएको छ । अहिलेसम्म ढुसी गाउँमा करिब १२ विगाहा क्षेत्रफलको बाली नष्ट भएको अर्का किसान ज्ञानबहादुर चौधरीले बताउनुभयो । वर्षातको पानी खेतमा नसुक्दै पानी परिहेकोले खेतमा लगाएको बालीहरु पहेलिदै मर्न थालेको हुनाले लगानी खेर गएको उहाँले बताउनु भयो ।

 

किसानले लगाएको बाली अहिलेको पानीले नष्ट हुदै गएकोले भजनी नगरपालिकाबाट अहिले पानीले डुबान भई नष्ट भैरहेको बालीको लगत लिने काम शुरु भैरहेको भजनी नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताउनुभयो । उहाँले किसानको क्षतिको विवरण पश्चात नगरपालिकाको निणर्य अनुसार आवश्यक सहयोगको लागि कार्य अगाडि बढ्ने बताउनु भयो ।

 

नगरका उक्त वडा बर्षात् सिजनमा बर्षेनी डुबानको चपेटामा पर्ने भएकाले किसानले हिउदे बाली मात्र लगाउने गरेका छन् । हिउदेबाली पनि वर्षातको सामान्य पानीले डुबान भई क्षति पुग्ने भएकोले नगरपालिकाले पानी निकासको दिर्घकालिन व्यवस्था सहित राहतको व्यवस्था गर्नु आवश्यक छ ।  

 


प्रतिकृया दिनुहोस