पृथ्वीनारायण शाह नहुँदा हुन त, मेरो देश नेपाल नरहेर भारत वा चाईना हुने थियो !

हामि नेपाली कसका कारण र कसरी ?

आइतबार, २७ पुष २०७६    समीर भट्ट



पृथ्वीनारायण शाह नहुँदा हुन त, मेरो देश नेपाल नरहेर भारत वा चाईना हुने थियो !

कञ्चनपुर, पौष २७ ।

केशव राज भट्ट (विराट)

मेरो देश नेपाल मलाई मेरो प्राण भन्दा प्यारो लाग्छ ।

हाम्रो इतिहास गोपाल वंशबाट शुरु भएको थियो भन्य मान्यता पाईन्छ । गोपाल वंशको शासनकाल लगभग ४९१ वर्ष सम्म चलेको थियो । त्यसपछि मैसपाल वंशले नेपालमा शासन गरे । मैशपाल वंशपछी किरातिहरुले नेपालमा शासन गरेका थिए । किरातिहरुले झन्डै १९७३ वर्ष शासन गरेपछि लिक्षवी वंशको शुरुआत भएको थियो । लिक्षविहरु कमजोर हुदै गएपछिस् हाम्रो नेपाल ५२ र ५४ टुक्रामा टुक्रामा बिभाजन भएको थियो । तर ५२ र ५४ टुक्रामा टुक्रीनु अगाडि हाम्रो नेपाल विशाल थियो ।  

 

नेपालको पुर्वी सिमाना कामरु कामक्ष दक्षिणी सिमाना पाटली पुत्र कतुू र पश्चिमी सिमाना उद्यमपुर थियो। यो तथ्य समराठ समुद्र गुप्तको इलाहावाद स्थित सिलान्यासमा पनि उल्लेख गरिएको छ। र कौटिल्यको अर्थशास्त्र र हिम्दुहरुको महान ग्रन्थ अथरो वेदमा पनि हामी प्राचीन नेपालको इतिहासलाई भेटाउन सक्छौ ।

 

कामरु कामक्ष भनेकोः आशाममा पर्छ जुन आशामको राजधानी हो। पाटली पुत्रः भनेको पटना, कतुरः भनेको इलाहवाद नजिक र उद्यमपुर भनेकोः उत्तर पश्चिम पंजाव हो । यो इशाको ३५० वर्ष पुरानो ईतिहास हो। स्तम्भ पुराणको ८१ औ अध्यायमा पनि नेपालको प्राचीन इतिहासको बारेमा ब्याख्या गरेको पाइन्छ ।

 

लिक्षबिहरुको शासनकालको अन्त्यतिर विभिन्न टुक्रामा टुक्रीएको नेपाललाई विभिन्न राजाहरुले एकीकरण गर्ने प्रयास गरेपनी उनिहरु आफनो प्रयासमा सफल हुन सकेका थिएन । ५२ र ५४ राज्य अन्तर्गत गोर्खा राज्य पनि एक थियो । त्यसबेला गोर्खाका राजा नरभुपाल शाह थिए । नरभुपाल शाहकी माहिली रानी कौशिल्यवतिको गर्व बाट वि. स. १७७९ पौष प्रतिपदा आजैको दिन आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले जन्म लिएका थिए । उनी वि. स. १७९९ चैत्रमा २० वर्षको कलिलो उमेरमै गोर्खाका राजा बनेका थिए । उनी गोर्खाको राजगद्दीमा बसे लगत्तै नेपालको पुन एकीकरण को अभियान लाई निरन्तरता दिने निश्चय गरे । उनको सपना जापाना भनेकै पुन बिशाल नेपाल बनाउनु थियो । जसमा उनी सफल पनि भएका थिए । राजा बनेको एक वर्ष पछिनै  उनले छिमेकी राज्य नुवाकोट माथी बिजय हासिल गरेर पुनर एकीकरणको अभियानको थालनी गरेका थिए ।

 

 वि.स. १७९९ मा उनले शुरु गरेको नेपाल एकीकरणको अभियान वि.सं. १८३३ मा काजीु अ्म्मर सिह थापा सम्म आईपुग्दा पुर्वमा टिस्टा देखि पश्चिममा सतलज सम्म एकीकृत भएर पुन बिशाल नेपालको रचना भैसकेको थियो । विभिन्न टुक्रामा टुक्रीएको नेपाल उनकै आदम्य शाहस र प्रयासले गर्दानै सिङ्गो नेपाल देश बनेको थियो । उनको जन्म नभएको भए सायदै आज हामिले नेपालि हौ भन्थेउ होला ।

 

आज हामी टाउको उठाएर गर्बका साथ हामी नेपाली हौ भन्ने साहस जुन हामिमा छ यसको श्रेय उनलाईनै जान्छ । उनको योगदानदानलाई हामी नेपालिले भुल्नु हुदैन । हामिले गर्ब गर्नु पर्छ हाम्रो इतिहास प्रती र हामिले गर्ब गर्नु पर्छ नेपाली हुनुमा । हामिले गर्ब गर्नु पर्छ हाम्रो देश नेपाल हो भन्नुमा जून कहिले कसैको उपनिवेश भएन । हामिले देशभक्तिको शिख लिनुपर्छ हाम्रा पुर्वज वीर गिर्खालिहरु बाट, हामिले भुल्नु हुदैन देउथलको युद्धलाई हामिले भुल्नु हुदैन भक्ति थापा, बलबद्र कुवर र अमर शिह थापा लागायतका माहान पुर्वजहरुलाई । जय देश जय पृथ्वीनारायण शाह ।

 


प्रतिकृया दिनुहोस