कैलालीको गोदावरीमा १३५ वटा छाउगोठ भत्काईयो (भिडियो सहित)

छाउगोठ भत्काउदा एक महिलालाई देउता चढेपछी ?

शनिबार, २६ पुष २०७६    क्यापीटल संवाददाता



कैलालीको गोदावरीमा १३५ वटा छाउगोठ भत्काईयो (भिडियो सहित)

धनगढी, पौष २६ ।
ईलाका प्रहरी कार्यालय अत्तरीयाको पहल, जनप्रतिनिधी र  परीवर्तन राष्ट्रका लागि संस्थाको सहकार्यमा गोदावरी नगरपालिका वाड नं. १० र १२ मा गरी जम्मा १३५ वटा छाउगोठ भत्काईएको छ ।  


उक्त वडाहरुमा अझै पनि महिलाहरु म्हिनावारी भएको बेला विगत २०२२ साल देखी छाउगोठ निर्माण गरि बस्दै आईरहेको पाईएको छ ।


“छाउगोठ भत्काउने क्रममा एक एक स्थानिय महिलाले देउता रीसाउछन् तिमीहरुलाई के थाहा छ  भन्दै, प्रहरीमाथि बेसरी खनिएको र धेरैबेर सम्झाए बछि बल्ल सान्त भएको” कुरा जिल्ला प्रहरी कार्यालय अत्तरीयाका प्रहरी नायव उपपरिक्षक ज्ञान बहादुर विष्टले बताउनु भयो ।


सो क्षेत्र लाई छाउपडी गोठ मुक्त क्षेत्र नहुन्जेल उक्त अभियान जारीरहने उपरीक्षक विष्टले बताउनु भयो ।  

 


प्रतिकृया दिनुहोस