नेकपा सचिवालय बैठक सम्पन्न, उपसभामुखले राजीनामा दिने

शनिबार, २६ पुष २०७६    Capital Live News



नेकपा सचिवालय बैठक सम्पन्न, उपसभामुखले राजीनामा दिने

काठमाडौं, पौष २६ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदको लागि पार्टीको तर्फबाट उम्मेद्वारी दिने निर्णय गरेको र यसकोलागि वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको छ ।

 

बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने,‘हाम्रो पार्टीले सभामुखको लागि उम्मेद्धवारी दिने निर्णय गरेको छ । यसको लागि वर्तमान उपसभामुखलाई राजीनामा गर्नको लागि आग्रह गरेको छ ।’


प्रतिकृया दिनुहोस