खप्तड साईपाल बचत तथा ऋण सहकारी संस्थाको सातौैं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, २६ पुष २०७६    क्यापीटल संवाददाता



खप्तड साईपाल बचत तथा ऋण सहकारी संस्थाको सातौैं वार्षिक साधारण सभा सम्पन्न

धनगढी, पौष २६ ।
खप्तड साईपाल बचत तथा ऋण सहकारी संस्थाको ७औ वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।


धनगढीमा रहेको खप्तड सईपाल बचत तथा ऋण सहकारी संस्थाको आज पौष २६ गते एक कार्यक्रका बिच ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 
सहकारीका अध्यक्ष भानुभक्त जोशिको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य डिल्ली राज पन्त रहनुभएको थियो । प्रमुख अतिथि पन्तले दिप  प्रजोलन गरि कार्यक्रको समउध्घाटन गर्नुभएको हो ।

यस्तै, राष्ट्रिय सहकारिका पूर्व केन्द्रीय सदस्य वडा अध्यक्ष  तथा संचालक सन्तोष मुडभरि, त्रिनगर माध्यमिक विद्यालयका अध्यक्ष  प्रेम विसि, संचालक समिति सदस्य  अमृत विसि  लगाएतको उपस्थिती रहेको कार्यक्रमको  संचालन सहकारीका सचिव देव राज जोशिले गर्नु भएको  थियो । कार्यक्रममा सहकारि संस्थाको रणनीतिक बारेमा छलफल गरीएको छ ।

 


प्रतिकृया दिनुहोस