त्रिनगर मा.वि. व्यवस्थापन समितिको अध्यक्षमा प्रेम बि.सि. निर्विरोध विजयी

शुक्रबार, २५ पुष २०७६    क्यापीटल संवाददाता



त्रिनगर मा.वि. व्यवस्थापन समितिको अध्यक्षमा प्रेम बि.सि. निर्विरोध विजयी

धनगढी, पुस २५ ।
धनगढी उपमहानगरपालिका वडा नं. १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको टुङ्गो लागेको छ । 

विधालय व्यवस्थापन समितिको नौं सदस्यि समितका अध्यक्ष पदका लागि उठ्नुभएका प्रेम बि.सि. निर्विरोध विजयी हुनुभएको छ । 

 

त्यस्तै सदस्यमा देवी रैनिने, सरितादेवी सोब, तारा पातली, लक्ष्मण पार्की, गोदावारी सिंह निर्वाचित हुनुभएको छ । 

 

विद्यालयको विधान र ऐन अनुसार पदिनि सदस्यमा धनगढी उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सन्तोष मुडभरी, शिक्षक प्रतिनिधि नेत्र बहादुर खडायत र प्रधानाध्यापक भुपालसिंह खड्का निर्वाचित हुनुभएको छ ।  


प्रतिकृया दिनुहोस