ट्रकलाई एम्बुलेन्स बनाईयो भन्ने समाचार भ्रामक हो, सत्यतथ्यको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउँछुः सामाजिक मन्त्री सुवेदी

शुक्रबार, २५ पुष २०७६    सुदर्शन श्रेष्ठ



ट्रकलाई एम्बुलेन्स बनाईयो भन्ने समाचार भ्रामक हो, सत्यतथ्यको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउँछुः सामाजिक मन्त्री सुवेदी

धनगढी, पुस २५ ।
सुदूरपश्चिमको लोकप्रिय बहसमुलक रेडियो कार्यक्रम तातो बहसमा बोल्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक मन्त्री कृष्णराज सुवेदीले एम्बुलेन्स खरिद, मर्मत तथा वितरणको पक्रियामा कुनै भ्रटाचार नभएको बताउनुभएको छ । उहाँले एम्बुलेन्स खरिद तथा वितरणको विषयमा सम्प्रेषण गरिएका समाचार भ्रामक र तथ्यहिन रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘वितरण गरिएको एम्बुलेन्स २ महिनामै थन्किनु भन्ने समाचार नितान्त तथ्यहिन छ । अत्याधुनिक भनि वितरण गरिएको एम्बुलेन्सको चालक अदक्ष भएको र कुनै अस्पतालमा एम्बुलेन्स सञ्चालन गर्ने अवस्था नभएका कारण सञ्चालनमा समस्या देखिएको हो ।’

सामाजिक विकास मन्त्रालयका तात्कालिन सचिव तथा ईन्जिनियर गोगन हमाल र गोदावरीका ईन्जिनियरले गरेको अध्यन र स्टिमेटका आधारमा पहाडी  क्षेत्रका लागि उपयुक्त रहेका कारण सोही अनुरुप एम्बुलेन्स खरिद र वितरण गरेको मन्त्रि सुवेदीले बताउनुभयो । उहाँले यदी यसमा वास्तवमै अनियमितता भएको ठहरीएमा सत्य तथ्यको छानबिन गरी व्यक्ति जो सुकै होस कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले आफुबाट कुनै पनि किसिमको आर्थिक अनियमितता भएको र त्यसको प्रमाण छ भने जनताले सार्वजनिक रुपमा कारबाहिको रुपमा जुन निर्णय गर्छ त्यसको भागिदार हुन तयार रहेको बताउनुभयो । 

यसप्रति बेलैमा छानबिन समिति गठन गरी निश्पक्ष सत्य तथ्य कुराको खुलासा र दोषीलाई कारबाही गर्न जरुरी देखिन्छ ।  
 


प्रतिकृया दिनुहोस