मन्त्री सुवेदी लाई एम्बुलेन्स खरिद बारे प्रष्ट पार्न मुख्यमन्त्री भट्टको निर्देशन

मुख्यमन्त्री भट्टले यसरी सञ्चारमाध्यममा कुनै मन्त्रीलाई लिएर आएको समाचारका सम्बन्धमा सोधपुछ गरेको भने पहिलो पटक हो ।

बिहिबार, २४ पुष २०७६    क्यापीटल संवाददाता



मन्त्री सुवेदी लाई एम्बुलेन्स खरिद बारे प्रष्ट पार्न मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी, पौष २४ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबिच आज विहान एम्बुलेन्स खरिद प्रक्रिया बारे छलफल भएको छ। मुख्यमन्त्री भट्टले यसरी सञ्चारमाध्यममा कुनै मन्त्रीलाई लिएर आएको समाचारका सम्बन्धमा सोधपुछ गरेको भने पहिलो पटक हो ।

 

मन्त्री सुवेदीलाई आज बिहान आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरिद बारेको विवादका विषयमा सोधपुछ गरेका हुन्।

 

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले एम्बुलेन्स खरीदको वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीबाट सामाजिक विकास मन्त्रीलाई निर्देशन समेत भएको बताए।

 

उनका अनुसार आजै सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद बारे प्रष्ट पार्न समेत निर्देशन दिईएको छ।
 

 


प्रतिकृया दिनुहोस