ताजा अपडेट

बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली १ सय ७३ औं पटक रक्तदान गर्न पश्चिमनेपालको बाजुरा आउदै     |     अछाम जिल्लामै प्रथम पटक दुई स्थानमा विध्यालय स्तरीय संसदीय बहस सम्पन्न     |     अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय     |     सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्नुपर्छः मन्त्री बास्कोटा     |     प्रदेश १ मा थपिए चार राज्यमन्त्री     |     सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई     |     नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र     |     डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा     |    

सल्यानमा चिउरीको दानाबाट घिउ उत्पादन

बुधबार, २३ पुष २०७६    Capital Live News



सल्यानमा चिउरीको दानाबाट घिउ उत्पादन

सल्यान, पौष २३ ।
कालीमाटी गाउँपालिका–४ खैरीमा चिउरीको घिउ उत्पादन सुरु भएको छ। स्थानीय हीरामणि रानाले जिल्लामै पहिलो चिउरीको घिउ उत्पादन सुरु गरेका हुन्। जंगलमा खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घिउ उत्पादन गरिएको रानाले बताए। उक्त घिउ साबुन उत्पादन गर्न प्रयोग गरिने उनको भनाइ छ।

 

उनले पाँच लाख रुपैयाँमा स्थानीयसँग ७० क्विन्टल दाना खरिद गरेको बताए। ‘उत्पादित घिउ बिक्रीका लागि सहकारीमार्फत हसना उद्योग हर्बल काठमाडौंसँग सम्झौता भैसकेको छ,’ रानाले भने, ‘बजारको कुनै समस्या छैन, जति पनि बिक्री हुन्छ।’ यस वर्ष १५ देखि २० लाख रुपैयाँसम्मको घिउ बिक्री गर्ने लक्ष्य रहेको उनले बताए।

 

चिउरीको दाना गाउँमै बिक्री हुन थालेपछि १०० जनाभन्दा स्थानीय लाभान्वित बनेका छन्। चिउरीको दाना जंगलबाट ल्याएर बिक्री गरे एकजनाले एक सिजनामा चारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गरेको स्थानीय कुवेर केसीले बताए। ‘यहाँ प्रशोधनका लागि चार जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘जंगलबाट चिउरीको दाना ल्याएर बिक्री गर्ने १०० जनाभन्दा बढी छन्।’

 


प्रतिकृया दिनुहोस