आइसीसी पुरुष विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षण शुक्रबारबाट सञ्‍चालन हुँदै

मङ्गलबार, २२ पुष २०७६    Capital Live News



आइसीसी पुरुष विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षण शुक्रबारबाट सञ्‍चालन हुँदै

कैलाली, पुस २२ । 
आइसीसी पुरुष विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षण यही शुक्रबारबाट सञ्‍चालन गरिने भएको छ ।

क्यानको आइतबार बसेको बोर्ड बैठकले अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पुरुष विश्वकप लिग दुई अन्तर्गत उक्त खेल नेपाल आफैले आयोजना गर्न र खेल्न लागेको जानकारी दिएको छ । 

खेलको पहिलो श्रृंखलाका लागि टोलीको बन्द प्रशिक्षण शुक्रबारबाट पोखरा क्रिकेट मैदानमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ ।

अमेरिका र ओमान समेत सहभागी हुने श्रृंखलाका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी स्थित क्रिकेट मैदान लाई अभ्यासका लागि तयार गर्ने कार्य यसअघि नै सुरु भइसकेको तथा दुबै मैदान र पिच निर्माणको कार्य आइसीसीका क्युरेटर बन्दुला वर्नपुराले हेरिरहेको पनि बोर्डले जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस