धनगढीका नगरप्रमुख वड र उपमेयर शुशीला मिश्र भट्टद्धारा भारतीय पर्यटकलाई स्वागत

बुधबार, १६ पुष २०७६    क्यापीटल संवाददाता



धनगढीका नगरप्रमुख वड र उपमेयर शुशीला मिश्र भट्टद्धारा भारतीय पर्यटकलाई स्वागत

धनगढी, पुस १६ ।
नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने भारतीय पर्यटकलाई धनगढी उपमहानगरपालिका द्धारा स्वागत गरिएको छ ।

धनगढीको मुख्य नाकाको रुपमा रहेको गौरीफन्टा नाकामा भारतबाट आउने पर्यटकलाई धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर शुसिला मिश्र भट्टले टोपि लगाएर स्वागत गर्नुभएको छ ।

स्वागतका लागि मेयर सहितको टोली गौरीफन्टानाकामा पुगेको थियो ।


प्रतिकृया दिनुहोस