धनगढी पुगेका संञ्चार मन्त्री बाँस्कोटा भन्छन, अहिलेका मिडियाले गाली गर्न पाउँदा मजा मान्छन्

आकर्षण के मा हुन्छ ? नकारात्मकमा हुन्छ ।

सोमबार, १४ पुष २०७६    क्यापीटल संवाददाता



धनगढी पुगेका संञ्चार मन्त्री बाँस्कोटा भन्छन, अहिलेका मिडियाले गाली गर्न पाउँदा मजा मान्छन्

धनगढी, पौष १४ ।
संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुदूपश्चिमको अस्थायी राजधानी धनगढी पुगेर सोमबार प्रेस क्लब नेपाल र रेडियो सुदूर सन्देशले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडियाको भूमिका विषयक गोष्ठिमा बोल्दै, अहिलेका मिडियाले गाली गर्न पाउँदा मजा मान्ने गरेको बताउनु भएको छ ।

 

“सकारात्मक भन्दा नकारात्मक विषय बढि उठाउँछन किनकी बढ्दा आकर्षण के मा हुन्छ ? नकारात्मकमा हुन्छ । तर मैले आलोचना गरेको हैन विषय उठाउँदा सम्मान गर्छु” उहाँले भन्नु भयो ।

 

यस्तै, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मुलुककै नेतृत्व गरेका नेताहरु भएको सुदूरपश्चिम प्रदेशले आफ्नो क्षमतालाई चिन्नुपर्ने मापनि जोड दिनुभएको छ ।

 


प्रतिकृया दिनुहोस