आयोगबाट नाम निकालेकी जोशीलाई आन्तरिक मनोमानि गर्दै बैतडीको पहरौल मा.वि. मा हाजिर लगाउन रोक

बिहिबार, १० पुष २०७६    क्यापीटल संवाददाता



आयोगबाट नाम निकालेकी जोशीलाई आन्तरिक मनोमानि गर्दै बैतडीको पहरौल मा.वि. मा हाजिर लगाउन रोक

धनगढी, पुस १० ।
पछिल्लो समय शिक्षाक्षेत्रमै आन्तरिक मनोमानिका कारण थुप्रै शैक्षिक संस्था र शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरु जनताको विरोधित पात्र बनेका छन् । 

शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा हुने गरेका यस्ता खालका मनोमानिका कारण प्रदेश तथा समग्र देशकै शिक्षाले कस्तो मोड लिने भन्ने विषयमा त्यत्तिकै मात्रामा चिन्ता पनि उत्पन्न हुन थालको छ । यतिबेला यस्तै विरोधमा बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ४ भटनामा रहेको पहरौल माद्यामिक विद्यालय, बागा मुछिएको छ । 

 

जिल्लाको उक्त विद्यालयमा प्रा.वि. तहको शिक्षक कोटा रिक्त रहेकै अवस्थामा विद्यालयको व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकले आन्तरिक मनोमानि र स्वार्थपुर्तिका लागि सुचना जारी गर्दै जिल्ला शिक्षा तथा समन्वय इकाईको पहल र नगरपालिकाले नियमबमोजिम उक्त विद्यालयमा पदस्थापन गरिसकेको अवस्थामा विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितिका व्यक्तिहरुले राजनितिक पुर्वाग्राहीको ढंगबाट र आन्तरिक रिसिबिका कारण आफुलाई विद्यालयमा प्रवेश गर्नै नदिएको अम्बिका जोशी बोहोराले बताउनुभयो ।
 
शिक्षा क्षेत्रमै हुने यस्ता खालमा मनोमानि तथा गतिविधिका कारण विद्यार्थि मात्र होइन आमजनताले पनि सास्ति खेप्नुपर्ने अवस्था सृजना भएको छ । आखिर निर्धारित मापदण्ड तथा नियमबमोजिम गरिएका क्रियाकलापप्रति शैक्षिक क्षेत्रका व्यक्तिहरुले व्यक्तिगत स्वार्थ पुर्ति गर्न खोज्नु आफैमा असान्दर्भिक मानिन्छ । 

यसै विषयमा सुुदूरपश्चिमकै लोकप्रिय बहसमुलक रेडीयो कार्यक्रम तातो बहसमा कुरकाकानि गर्न खोज्दा यसै विवादमा मुछिएका पहरौल माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर धानुकले समय छैन भन्दै आनाकानि गरी बोल्न भने नखोजेको स्पष्टै देखिएको छ । 


प्रतिकृया दिनुहोस