कञ्चनपुरका आरक्ष पीडित र सुकुम्बासीलाई लालपुर्जा दिएरै छोड्छु: सांसद धामी

बिहिबार, ०३ पुष २०७६    क्यापीटल संवाददाता



कञ्चनपुरका आरक्ष पीडित र सुकुम्बासीलाई लालपुर्जा दिएरै छोड्छु: सांसद धामी

धनगढी, पुस ३ ।
सुदूरपश्चिमकै लोकप्रिय बहसमुलक रेडियो कार्यक्रम तातो बहसमा बोल्दै कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित सांसद माननिय नर बहादुर धामीले निर्वाचनमा आफुले बोलेका र गरेका बचन तथा योजनाको कार्यन्वयन आफ्नै कार्यकालमा पुरा गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

यसै विषयमा कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित सांसद माननिय नर बहादुर धामीको विषयमा पनि जनस्तरबाट आवाजहरु उठ्न थालेको छ । निर्वाचनपुर्व जनताको माझमा पुग्नुभएका धामीले भुमिहिन सुकुम्बासी समस्या समाधान गर्ने, कलुवापुर बेलौरी सडक निर्माण गर्ने, आरक्ष पीडितको समस्या समाधान गर्ने, आवश्यकता अनुसार विभिन्न क्षेत्रमा पुल निर्माण गर्ने, चुरे क्षेत्रका जनताको पहुँचमा खानेपानीको योजना पुर्याउने लगाएतका कयौँ योजनालाई चुनावि एजेण्डाका रुपमा उठाएको देखिन्छ । 

त्यस्तै निर्वाचनको समयमा उहाँले कञ्चनपुर क्षेत्र नं. २ अत्यन्तै पिडित ठाउँ भएको र यहाँ बाटाघाटा, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा लगाएताका समस्याको सम्बोधन गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो । तर अहिले ति एजेण्डाहरुमा कति योजनाको कार्यान्वयन र सुनुवाई भयो र अलपत्र रहेका कयौँ योजनाहरुको किन सम्बोधन हुन सकेन भन्ने कुरा जनताको प्रमुख प्रश्न बनेको छ । 

यसैविषयमा आधारीत रही गरिएको बहसमुलक कार्यक्रम तातो बहसमा बोल्दै उहाँले आफ्नो क्षेत्रमा रहेका प्राविधिक कलेज तथा शिक्षा क्षेत्रहरुलाई शैक्षिक माफियाको कब्जाबाट निकालेर सस्तो र गुणस्तरीय रुपमा आम जनतामा प्राविधिक शिक्षाको पहुँच  पुर्याउने बताउनुभयो ।

त्यस्तै उहाँले भन्नुभयो,‘आरक्ष पिडितहरुलाई राहत वितरण गरी जंगलि जनावारको आतंक न्युनिकरणमा पहल गर्छु र भुमीहिनहरुलाई लालपुर्जा वितरण गरी जग्गाधनी बनाउँछु । 


निर्वाचित भएप्रश्चात आफुले चुनावका बेला जनतालाई पुरा गर्न नसक्ने कुनै प्रतिबद्धता नगरेको र गरेका बाचाहरु पुरा गर्न रातदिन काम गर्ने छौँ भनि भनिरहँदा र समयसमयमा काम गर्ने प्रतिबद्धता गरिरहँदा अब भने वास्तवमै जनताको हितका विषयमा काम गर्न आवश्यक देखिन्छ । 


प्रतिकृया दिनुहोस