बैतडीको विकासका लागि निरन्तर पहल गर्ने सांसद भण्डारीको प्रतिबद्धता

बुधबार, ०२ पुष २०७६    क्यापीटल संवाददाता



बैतडीको विकासका लागि निरन्तर पहल गर्ने सांसद भण्डारीको प्रतिबद्धता

धनगढी, पुष ०२ ।
सुदूरपश्चिमकै लोकप्रिय बहसमुलक रेडियो कार्यक्रम तातो बहसमा बोल्दै बैतडीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र चुनावको समयमा आफुले बोलेका र गरेका बाचाहरु पुरा गर्ने सांसद भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशकै समग्र विकासको लागि लाग्नुपर्ने बेला विभिन्न निकायबाट हुँदै आएका कमजोरीहरुको पनि त्यत्तिकै मात्रामा विरोध हुँदै आएको छ । यसैबिच बैतडी जिल्लाबाट निर्वाचित सांसद माननिय दामोदर भण्डारीको विषयमा पनि विभिन्न स्तरबाट आवाजहरु उठ्न थालेको छ । 

वि.सं. २०७० सालमा भएको संबिधानसभाको निर्बाचनमा बैतडी क्षेत्र नं १ बाट विजयी हुनुभएका भण्डारीले २०७३ सालमा केपी ओलीको सरकारमा पुर्व अर्थराज्य मन्त्रीको रुपमा पनि काम गरिसक्नुभएको छ ।

त्यससँगै २ पटक सम्म निर्वाचित भइसक्नुभएका सांसद भण्डारीको विगतलाई हेर्ने हो भने सुदूरपश्चिमको विकासका क्षेत्रमा ठूलै योगदान रहेको देख्न सकिन्छ । तरपनि निर्वाचनका समयमा गरेका बचन बद्धता तथा कतिपय चुनावि एजेण्डा अझै पनि अलपत्र अवस्थामा रहेका छन् । 

विगत लामो समयदेखी राजनितिमा रहँदै आउनुभएका भण्डारी एक क्रियाशिल र शालिन नेताको रुपमा चिनिदै आउनुभएको छ । निर्वाचित हुनुपुर्व जनताका माझमा पुग्नुभएको उहाँले उठाउनुभएका विकासका एजेण्डाहरुमध्ये पञ्चेश्वर बहुउद्धेशिय आयोजनाको निर्माण, जुलाघाटमा मोटेरेबल पुल निर्माण, पाटन क्षेत्रमा गुणस्तरिय अस्पालको निर्माण, बैतडीकै पाटन विमानस्थल सञ्चालन गर्ने, सुवालेक धौलकाँडा पत्थरखानि सडकखण्ड लगाएत थुप्रै मध्य पहाडी लोकमार्ग को निर्माण र स्तारोन्नति गर्ने भन्ने रहेका छन् । 

निर्वाचनको समयमा उठाइएका योजनाहरुमा कतिपय योजना कार्यान्वयन भएको छ भने अझै कतिपय योजनाहरु अलपत्र अवस्थामा नै रहेका छन् । बैतडीको मात्र नभएर समग्र सुदूरपश्चिमको विकासका प्रमुख आधार मानिने आयोजनाहरु समयमा निर्माण हुन नसक्दा आमजनता चिन्तित बन्दै गएका छन् । 

निर्वाचन भएको २ वर्ष पुरा हुँदासम्म पनि विकासले गति लिन नसक्दा अब के हुने हो भन्ने प्रश्न उठ्न थालेका बेला यसप्रति गम्भिर रुपमा सोच्न जरुरी छ । 


प्रतिकृया दिनुहोस