कीर्तिमानी पदक जितेकी सुदूरपश्चिमेली चेली गौरिका सिंहले ५९ लाख पाउने पक्का

बिहिबार, २६ मङि्सर २०७६    Capital Live News



कीर्तिमानी पदक जितेकी सुदूरपश्चिमेली चेली गौरिका सिंहले ५९ लाख पाउने पक्का

काठमाडौं, मंसिर २६ ।
१३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् ।

 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उनले बताएका थिए ।


तर एकभन्दा बढी स्वर्ण जित्नेहरुले कति पाउने भन्नेमा अधिकारीहरु नै अलमलमा देखिएका थिए । राष्ट्रिय खेलकुद परिषद्को प्रस्ताव भने एकभन्दा बढी स्वर्ण जित्नलाई ११ लाख रुपैयाँ दिने थियो ।

 

बिहीबार एक कार्यक्रममा राखेप सदस्य सचिप रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने हिसाब सुनाए । चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख । तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।

 


प्रतिकृया दिनुहोस