ताजा अपडेट

बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली १ सय ७३ औं पटक रक्तदान गर्न पश्चिमनेपालको बाजुरा आउदै     |     अछाम जिल्लामै प्रथम पटक दुई स्थानमा विध्यालय स्तरीय संसदीय बहस सम्पन्न     |     अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय     |     सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्नुपर्छः मन्त्री बास्कोटा     |     प्रदेश १ मा थपिए चार राज्यमन्त्री     |     सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई     |     नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र     |     डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा     |    

काठमाडौंमा प्रेममा धोका पाउदा एक युवतीले काटिन् आफ्नै प्रेमीको लिङ्ग

मङ्गलबार, २४ मङि्सर २०७६    Capital Live News



काठमाडौंमा प्रेममा धोका पाउदा एक युवतीले काटिन् आफ्नै प्रेमीको लिङ्ग

काठमाडौं, मंसिर २४ ।
प्रेममा धोका पाएपछि काठमाडौंको बौद्धमा भने अर्को एउटा अनौठो घटना भएको छ । महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया थिङ थरकी युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् ।

 

घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका व्यक्ति सख्त घाइते भएका छन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् । बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

 

‘आधी काटिएको छ भन्ने हाम्रो टोलीले खबर दिएको छ’, उनले भने, ‘केटीको पनि हातमा चोट लागेको रहेछ ।’

 

प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो ।

 

‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’

 

प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

 


प्रतिकृया दिनुहोस