‘भ्वाइस अफ नेपाल’ सिजन–२ को उपाधि टीम प्रमोदका राम लिम्बुलाई

आइतबार, २२ मङि्सर २०७६    Capital Live News



‘भ्वाइस अफ नेपाल’ सिजन–२ को उपाधि टीम प्रमोदका राम लिम्बुलाई

काठमाडौं, २२ मंसिर |

‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को उपाधि राम लिम्बुले जितेका छन् । शनिबार काठमाडौंको हयात ग्राउन्ड चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन् ।

प्रमोद खरेलको टीममा रहेका लिम्बू उपाधि हात पारे । उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा लिम्बु विजेता बनेका हुन् ।

 

अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन् । गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।

 

‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै आएको थियो । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए ।

 


प्रतिकृया दिनुहोस