ताजा अपडेट

कैलालीको गोदावरी ११मा रहेको मस्टा बण्डाली मन्दीरमा मेला लाग्दै

सोमबार, १६ मङि्सर २०७६    क्यापीटल संवाददाता



कैलालीको गोदावरी ११मा रहेको मस्टा बण्डाली मन्दीरमा मेला लाग्दै

मंसिर १६ ।
कैलालीको गोदावरी नगरपालिका वडा.नं. ११मा रहेको श्री मस्टा बण्डाली मन्दीरमा यहि मंसिर १८,१९ गते मेला लाग्ने भएको छ ।


मस्टा बण्डाली मन्दीर, (देउता)को पुजा बिषेश गरी डोटीको पोखरी भन्ने ठाउँमा बसोवास गर्ने करीब १२ गाउँका मानिस हरुले परापुर्व काल देखीनै गर्दै आएका छन् । उक्त मन्दिरको स्थाई थान डोटिको पोखरीमा रहेको र बिगत २०२३ साल देखी सोहि (देउता) लाई तराई अर्थात कैलालीको गोदवरी ११मा मन्दिर स्थापना गरी पुजिदै आएको छ । यसपाली पनि विशेष रुपमा पुजा आजा गरि धुमधाम का साथ मेला लाग्ने मस्टा बण्डाली ग्वासी समैजी का अध्यक्ष चन्द्र सिंह बडैलाले जानकारी दिनुभयो ।


यही मंसिर १८र१९ गते लाग्ने मेला लाई सफल बनाउन मस्टा मण्डाली युवा क्लबले विशेष सहयोग गर्ने भएको छ । क्लबका सचीव  बिस्णु बडैलामा अनुसार मेला,(पुजा, आराधना) लाई व्यवस्थीत बनाउन ओलानी क्षेत्रका सम्पूर्ण समाजसेवी युवाहरूले सहयोग गर्ने बताए ।

 


प्रतिकृया दिनुहोस