ताजा अपडेट

त्रिवि प्रिन्सिपल कार्यालयमा समाजवादी विद्यार्थी युनियन द्धारा ताला बन्दी

सोमबार, १६ मङि्सर २०७६    Capital Live News



त्रिवि प्रिन्सिपल कार्यालयमा समाजवादी विद्यार्थी युनियन द्धारा ताला बन्दी

काठमाडौं,  मंसिर १६।

सत्तारुढ समाजवादी पार्टीनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको छ ।

विश्वविद्यालयमा रहेका वेथिति र कुशासनका विरुद्ध नियमस‌ंगत ढंगले बारम्बार आवाज उठाउँदा पनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको युनियनका त्रिभुवन विश्वविद्यालय समिति अध्यक्ष बलबहादुर रम्तेलले जानकारी दिए ।

तालाबन्दीसँगै समाजवादी विद्यार्थी युनियनले चारबुँदे माग अगाडि सारेको छ । विश्वविद्यालयका क्वाटरहरुमा नियमविपरित बसेका सबैलाई हटाई विधिसंगत ढंगबाट नियम कानुन बनाई तत्काल व्यवस्थापन गर्नुपर्ने, विश्वविद्यालयमा रहेका क्लस्टर, पुस्तक पसल, छाप्रा, क्यान्टिनहरुको आयव्यय सार्वजनिक गर्नुपर्ने र दशौं वर्षसम्म क्वाटरमा बसेकाहरुले तिर्नुपर्ने रकम नतिरेकोले उनीहरुको नाम सार्वजनिक गर्नुपर्ने माग युनियनले राखेको छ ।

 


प्रतिकृया दिनुहोस