ताजा अपडेट

सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भुटान र माल्दिभ्सले खाता खोल्न सकेनन्

सोमबार, १६ मङि्सर २०७६    Capital Live News



सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भुटान र माल्दिभ्सले खाता खोल्न सकेनन्

काठमाडौँ, मंसिर १६ ।

१३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाले ५ वटा पदक जितेको छ । आइतबार  सागको औपचारिक उद्घाटन भएको थियो ।


सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक समावेश छ ।


यस्तै भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य  जितेको छ ।


यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।


प्रतिकृया दिनुहोस