ताजा अपडेट

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

सोमबार, १६ मङि्सर २०७६    Capital Live News



प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, १६ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले सोमबार प्रेस विज्ञप्तिमार्फत सुधारको जानकारी गराएका हुन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।

 

’प्रधानमन्त्री ओलीलाई सीमित व्यक्तिसँग बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री आईसीयुभित्रै सामान्य हिँडडुल गर्न सक्षम रहेको र बोलीचालीमा कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेरेका थिए ।

 


प्रतिकृया दिनुहोस