ताजा अपडेट

कास्की-२मा विद्या भट्टराई दोब्बर मतले अगाडि

आइतबार, १५ मङि्सर २०७६    Capital Live News



कास्की-२मा  विद्या भट्टराई दोब्बर मतले अगाडि

पोखरा, मंसिर १५ ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले ११,७३० मत प्राप्त गरेकी छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ५,८९३ मतसहित पछ्याइरहेका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले ४०८, साझा पार्टीकी रजनी केसीले २४१ मत पाएकी छिन्।

पोखरा महानगरपालिकाको वडा नं ३३, २१, २० र १७ को मतगणना भएको छ। यो मतपरिणाम आइतबार बिहान १२:४५ बजेसम्मको नतिजा हो। अहिले पनि मतगणना जारी रहेको छ।


Tags : #निर्वाचन

प्रतिकृया दिनुहोस