ताजा अपडेट

सुदूरपश्चिम प्रदेश भरी भएको उपनिर्वाचनमा ५ वडामा नेकपा र २ मा कांग्रेस विजयी

आइतबार, १५ मङि्सर २०७६    समीर भट्ट



सुदूरपश्चिम प्रदेश भरी भएको उपनिर्वाचनमा ५ वडामा नेकपा र २ मा कांग्रेस विजयी

धनगढी, मंसिर १५ ।
सुदूरपश्चिम प्रदेशमा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्धारले ५ र नेपाली कांग्रेसका उम्मेद्धार २ ठाउँमा विजयी भएका छन् ।


बैतडीको पुर्चौडी नगरपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका–१ र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् । भने सुदूरपश्चिममा बैतडीको दोगडाकेदार गाउँपालिका ४ र सुर्नया गाउँपालिका १ मा मात्रै नेपाली कांग्रेस विजयी भएको हो ।


बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुकले ६६३  मत लिएर विजयी भएका छन् ।


डोटीको आदर्श गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा ६ सय ६८ ल्याएर विजयी भएका छन् ।


अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाका उम्मेदवार रमेश खड्का ७ सय ७८ ल्याएर विजयी भएका छन्।


बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा ३ सय ६७ मत ल्याएर विजयी भएका छन्।


यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् ।


कांग्रेस सुदूरपश्चिम भरी बैतडीका दुई वडामा मात्रै विजयी :
सुदूरपश्चिमका ७ वडामा सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेस बैतडीका २ वडामा मात्रै विजयी भएको छ । दोगडाकेदार गाउँपालिका ४ र सुर्नया गाउँपालिका १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।


दोगडाकेदार ४ मा विजयी सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी हुनुभएको छ ।


यस्तै सुर्नया गाँउपालिका वडा न. १ मा कांग्रेसका उमेदवार गजेन्द्र बहादुर चन्द २ सय १९ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


सुदूरपश्चिममका ५ जिल्लाका ७ वटा वडाअध्यक्ष पदको रिक्त पदका लागि २२ जना चुनावी मैदानमा रहेका थिए ।

 


Tags : #निर्वाचन

प्रतिकृया दिनुहोस