ताजा अपडेट

आत्मसमर्पण गर्न हामी तयार छैनौ, राजनितिक वार्ताको लागि सरकार मानेन : ओम पुन (केन्द्रिय सदस्य, विप्लप)

शुक्रबार, १३ मङि्सर २०७६    क्यापीटल संवाददाता



आत्मसमर्पण गर्न हामी तयार छैनौ, राजनितिक वार्ताको लागि सरकार मानेन : ओम पुन (केन्द्रिय सदस्य, विप्लप)

धनगढी, मंसिर १३ ।
देशमा विभिन्न किसिमका राजनितिक खिचातानि तथा चलखेलका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी विप्लप समुह सत्रिय रहेको दखिन्छ । 

नेपाल कम्युनिस्ट पार्टीको एउटै मात्र लक्ष्य समाज र देशलाई समृद्ध विकासको बाटोतर्फ लैजाने मानिन्छ । आफुहरुलाई सत्ता र पदको लोभ नभएको र भएका केही व्यक्तिहरुलाई देख्दा आश्चर्य लागेको नेपाल कम्युनिस्ट पार्टी विप्लपका केन्द्रिय सदस्य तथा सेती माहाकाली इन्चार्ज ओम पुनले बताउनुभयो । 

पछील्लो समय देशैभरी विप्लप पार्टीको क्रियाकलापमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय विप्लपका गतिविधिमा निरन्तर वृद्धि हुनुको कारण के हो ? भनि गरिएको प्रश्नमा विप्लप केन्द्रिय सदस्य ओम पुन भन्नुहुन्छ,‘देशमा ठूलै बलिदान र संघर्षपछी गणतन्त्र, संघियता, धर्म निरपेक्षता जस्ता कुरा आएको भएतापनि राजनितिक नाराका रुपमा मात्र स्थापित भएको र जनताको जिवनस्तरमा कुनै परिवर्तन ल्याउन नसकेको कारणले जनताको हितका लागि यस्ता खालका विरोध तथा गतिविधि गरिएको हो ।’ 

पछिल्लो समय चर्चा तथा विरोधको विषय बनेको लिपुलेक, लिम्पियाधुरा तथा कालापानिको विषयमा विगतका वर्षदेखी नै लाग्दै आएको र यसपालीपनि कैलाली, कञ्चनपुर, झापा, बुटवल लगाएतका जिल्लामा ऐतिहासिक पदर्शन गरिरहँदा दार्चुलाको सदरमुकाममा पर्दशन गर्न गएका विद्यार्थिलाई बिना कारण समातेर सार्वजनिक मुद्धा लगाउनु प्रति आफुहरुको घोर विरोध रहेको पुनले बताउनुभयो । 

विवादित लिपुलेक, कालापानि र लिम्पियाधुराको सिमाङ्कनको विषयमा सरकार पक्षबाट कुटनितिक पहल हुन नसक्नुमा नेपाल सरकारको कमजोरी देखाउँदै उहाँले भन्नुभयो, ‘अहिलेसम्म नेपाल रहनुको एउटैमात्र कारण नेपाली जनता राष्ट्रबादी हुनु हो ।’ 

राज्यले आफु तथा आफ्नो पार्टीलाई आत्मसमर्पणबाट वार्तामा बोलाउन खोज्दा आफुहरुले अस्विकार गरेको  र आफुहरुले गरेको राजनितिक वर्तालाई राज्य अर्थात सरकारले अस्विकार गरेको पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यले अपनाएको सम्पुर्ण रणनितिमा असफल भएपछी अहिले चौतर्पिm नाकाबन्दि गर्ने र दमन गर्ने रणनिति अपनाएको र यस्तो षडयन्त्रमार्फत अमेरिका, भारत लगाएतका सम्राज्य मुलुकबाट सेना परिचालन गरी हाम्रो पार्टीलाई आतंकबादी घोषणा गरी मेसाकर गर्ने योजना बनाएको छ ।’ 

राजनितिक रुपमा गरिने वार्ताका लागि आफुुहरु तयार रहेको तर अहिले विप्लप र सरकारपक्षबिच वार्ताको कुनै सम्भावना नरहेका कारण भावी दिनमा आफुहरुको आन्दोलनले व्यापक रुप लिने विप्लपका केन्द्रिय सदस्य ओम पुनले बताउनुभयो । 
  


 


प्रतिकृया दिनुहोस