ताजा अपडेट

पोखरामा प्रचण्डसहितका उच्च नेताहरु सहभागी सभास्थलनजिकै विस्फोट

बुधबार, ११ मङि्सर २०७६    Capital Live News



पोखरामा प्रचण्डसहितका उच्च नेताहरु सहभागी सभास्थलनजिकै विस्फोट

कास्की, मंसिर ११ । 
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि हुन लागेको उपनिर्वाचनको मौनअवधि सुरु हुनुअघि आफ्नो पार्टीकी उम्मेदवार विद्या भट्टराईलाई जिताउन अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्बाङ, संगठन विभाग प्रमुख वामदेव गौतम र अर्का नेता खगराज अधिकारीसहतिका नेताहरुको उपस्थिति रहेको सभास्थलनजिकै विस्फोट भएको छ । जसमा तीनजना घाइते घाईते भएका छन् ।

 
नेकपाको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी प्रदर्शनी केन्द्रस्थित चुनावी सभास्थलबाट करिब एक सय मिटर पर बम विस्फोट भएको हो ।  


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विस्फोटमा तीनजना सर्वसाधरण घाइते भएका छन् । विस्फोटपछि अहिले सभास्थल आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ । प्रहरीले तालिमप्राप्त कुकुर पनि ल्याउने तयारी गरेको छ ।  
 


प्रतिकृया दिनुहोस