ताजा अपडेट

काठमाडौंका विभिन्न बैंकबाट नक्कली हस्ताक्षर गरी साढे १९ लाख चोरी

बुधबार, ११ मङि्सर २०७६    Capital Live News



काठमाडौंका विभिन्न बैंकबाट नक्कली हस्ताक्षर गरी साढे १९ लाख चोरी

काठमाडौं, मंसिर ११ । 
काठमाडौंका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।


यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ । उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ ।

 

खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकोले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने भएकोले त्यसतर्फ अनसन्धान गरिरहेको र पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
 


प्रतिकृया दिनुहोस