ताजा अपडेट

धनगढी नगरविकास समितिका पुर्व अध्यक्षको मिलेमतोमा ७३४.८८ बिघा सरकारी जग्गा बेचियो

सोमबार, ०९ मङि्सर २०७६    सुदर्शन श्रेष्ठ



धनगढी नगरविकास समितिका पुर्व अध्यक्षको मिलेमतोमा ७३४.८८ बिघा सरकारी जग्गा बेचियो

धनगढी, मंसिर ९ ।
विगत लामो समयदेखी सरकारी क्षेत्रमा भएका अतिक्रमणका कारण आज नगरपालिका जग्गाविहिन भएको छ । 

वि.संं. २०४० सालमा तत्कालिन श्री ५ को सरकारले गरेको निर्णय अनुसार धनगढी नगरमा रहेको सरकारी अर्थात एैलानि जग्गा ७३४.८८ बिघा थियो । तर अहिले भने सो मध्येको सम्पुर्ण जग्गा बिक्रि वितरण भइसकेको छ । नगर भित्ररहेको सरकारी अर्थात एैलानि जग्गाको बिक्रिवितरण, रेखदेख तथा संरक्षणको सम्पुर्ण जिम्मेवारी नगर विकास समितिको हुन्छ तर संरक्षणका लागि भने अहिले सम्म कुनै पनि किसिमको योजना भने भएको छैन । 

नगरपालिकामा अहिले आप्mनै जग्गाको नाममा खोलानाला, तालतलैया र मठमन्दिर बाहेक अरु छैनन् जुन निरन्तर हुने अतिक्रमणको चपेटामा परिरहेका छन् । नगरभित्रको ७३४.८८ बिघा सकरारी तथा एैलानि जग्गाको जिम्मेवारी पाएको नगरविकास समितिले भएका जग्गापनि विभिन्न शिर्षकमा बिक्रिवितरण गरी अहिले आफै जग्गाविहिन बनेको छ ।  

वि.सं. २०३५ सालमा सत्य नारायण झा को नेतृत्वमा शुरु भएको नगरविकास समितिमा विभिन्न समयमा गठन भएका समितिका अध्यक्षहरुले विभिन्न शिर्षकमा जग्गा बिक्रि वितरण गरेको देखिन्छ । जसमध्ये अध्यक्ष दिप बहादुर ऐर, गोबिन्द राना लगाएतकोे कार्यकालमा सबैभन्दा बढी जग्गा बिक्रि भएको छ । बिक्रिवितरण भएका जग्गा वैधानिक वा अवैधानिक हुन भन्ने विषयमा अहिलेसम्म छानबिनसम्म पनि भएको छैन । अहिले नगरपालिकालाई आफ्नै संरचना निर्माण गर्नका लागि पनि जग्गा छैन । 

विगतका समयमा विभिन्न अध्यक्षको नेतृत्वमा बनेका नगरविकास समितिले आप्mनै मनपरि तरिकाले सरकारी जमिन बिक्रिवितरण गरेका कारण यतिबेला नगरपालिका जग्गाविहिन हुन पुगेको हो । नगरपालिकालाई संरचना निर्माणका लागि आवश्यक पर्ने जमिनका लागि आफ्नै जग्गा नहुँदा समस्या देखिएको छ ।  

विगतका दिनमा अन्धाधुन्दा बाँडिएका जग्गाको वैधानिकताको छानविनमा सरोकारवाला निकायबाट कुनै पहल भएको छैन । विगतमा जसले जे गर्यो गर्यो भन्दै छोड्नुभन्दा त्यसप्रति विशेष छानविनको पहल गर्न आवश्यक छ । 

 


प्रतिकृया दिनुहोस