ताजा अपडेट

परिमार्जनसहित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको तयारीमा

शनिबार, ०७ मङि्सर २०७६    Capital Live News



परिमार्जनसहित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको तयारीमा

काठमाण्डौ, मंसिर ७ ।
सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्य्िवधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत कार्यक्रम सञ्चालनका लागि प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

कार्य्विधिका कारण भएका समस्याको पनि संशोधन गरिएकाले यो वर्ष कार्यक्रममा लक्षित वर्गले अधिकतम लाभ लिने उनको दाबी छ । संयोजक दाहालले संशोधित कार्यक्रम सञ्चालन कार्य्विधिमै गत वर्ष दुर्गम जिल्ला, गरिबी, बेरोजगारलाई प्राथमिकता दिएर पैसा पठाएको थियो भने यो वर्ष आयोजनाका आधारमा मात्रै स्थानीय तहमा पैसा पठाउने व्यवस्था गरेको बताए ।

उनले भने, नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा कति बेरोजगारी छन, ती बेरोजगारलाई कति आयोजना आवश्यक पर्छ, त्यो आधारमा आउँदो मङ्सिर २५ गतेभित्र आयोजना पठाउनका लागि गत साता सबै स्थानीय तहलाई पत्राचार गरेका छौँ ।’

बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने सरकारले गत वर्ष यो कार्यक्रम सुरु गरेको थियो तर रोजगारी दिने नाममा झार उखेल्न लगाएर पैसा बाँडेको भन्दै पहिलो वर्ष नै यो कार्यक्रम निकै आलोचित बनेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०७५र०७६ मा एक लाख ७५ हजार ९०९ जना व्यक्तिले २२ लाख ६२ हजार २६९ दिनको रोजगारी प्राप्त गरेका थिए । ती रोजगार प्राप्त गरेका व्यक्तिबाट सो अवधिमा छ हजार ८६४ वटा आयोजना सम्पन्न भएका थिए ।

सरकारले गत वर्ष पनि न्यूनतमा ३० दिनको रोजगार दिने भने पनि ५९९ स्थानीय तहका करिब एक लाख ७६ हजार बेरोजगार व्यक्तिले औषतमा १३ दिनको रोजगार प्राप्त गरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १३ अर्ब ६२ करोड (१२० मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ तर सरकारले भने यो कार्यक्रमका लागि सहुलियतपूर्ण विदेशी ऋण लिने निर्णय गरेको छ । रासस । 


प्रतिकृया दिनुहोस