ताजा अपडेट

धनगढीमा रसायनिक मलको प्रयोग तथा जैवीक मलको उपयोग बारे अन्तरक्रिया कार्यक्रम हुदै

शुक्रबार, ०६ मङि्सर २०७६    समीर भट्ट



धनगढीमा रसायनिक मलको प्रयोग तथा जैवीक मलको उपयोग बारे अन्तरक्रिया कार्यक्रम हुदै

धनगढी, मंसिर ६ ।
रसायनिक मलको प्रयोगबाट उत्पन्न समस्या तथा जैवीक मलको उपयोग बारे धनगढीमा एक दिवशीय अन्तरक्रिया कार्यक्रम हुदै छ । न्यू कृषक सेवा केन्द्र धनगढी, कैलालीको व्यवस्थापन तथा इन्वी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा.लि भैरहवा, रुपन्देहीको संयुक्त आयोजनामा आज शुक्रबार धनगढी स्थित देव तालिम केन्द्र मा रसायनिक मलको प्रयोगबाट उत्पन्न समस्या तथा जैवीक मलको उपयोग बारे एक दिवशीय अन्तरक्रिया कार्यक्रम हुनलागेको हो ।  


रसायनिक मलको प्रयोग के-कसरी गर्ने र किन गर्ने भन्ने कुराहरुको ज्ञान कृषक हरुलाई हुन जरुरी भएकोले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

 

कार्यक्रममा विभिन्न बाली लगाएत फलफूलको खेति गर्ने कृषक, कृषि विज्ञ तथा पत्रकार हरुको सहभागिता रहेको छ ।
 

 


प्रतिकृया दिनुहोस