ताजा अपडेट

धनगढी वडा न. ७ को वडा कार्यालय विवाद कायमै स्थानीय द्वारा मेयरलाई ज्ञापनपत्र

बिहिबार, ०५ मङि्सर २०७६    समीर भट्ट



धनगढी वडा न. ७ को वडा कार्यालय विवाद कायमै स्थानीय द्वारा मेयरलाई ज्ञापनपत्र

धनगढी, मंसिर ५ ।
धनगढी वडा न. ७ को वडा कार्यालय विवाद कायमै स्थानीय द्वारा मेयरलाई  हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाईएको छ । देश संघियतामा गएसँगै पछिल्लो समय स्थानिय स्तरमा विभिन्न किसिमका विरोध र विवादहरु उब्जिदै गएका छन् । 


कहिले जनप्रतिनिधि त कहिले वडा कार्यलयमा हुने गतिविधिका कारण विरोध उत्पन्न भइरहेका बेला धनगढी उपमहानगरपालिका वडा नं. ७ को कार्यलय निर्माणको विषयमा स्थानियले विरोध गरेका छन् ।  


पछिल्लो समय वडा नं ७ मा रहेको कालिका मन्दिर प्रांगढमा वडा कार्यलय बनाउने भनिएको भएतापनि जग्गा अभावका कारण वडा कार्यलय अन्यत्रै बन्ने भएपछि विरोध उत्पन्न भएको हो । 


वडा कार्यलय बन्ने भएसँगै कालिका मन्दिर समितिले ५ सटरको माग राखेपछि सटर पुर्ति गर्न नसकेर नगरपालिका पुगेका जनप्रतिनिधिलाई नगरप्रमुख नृपबहादर वड ले जहाँ जग्गा पाउनुहुन्छ, त्यहिँ बनाउनुस भनेपछि जाखौर ताल नजिकै रहको शिव आधारभुत विद्यालयले अनुमानित १२ कट्टा जग्गा उपलब्ध गराएपछि नगरपालिकाबाट ३५ दिने सुचना जारि गरेको र कार्यलय निर्मामा टेण्डर परि कार्यन्वयन गरिनेबेला केहि वडा बासिले विरोध जनाएकोले टेण्डर परेकै ठाउँमा कार्यन्वयन गराउनका निमित्त बाध्य भएर हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको ज्ञापन पत्र बुझाउन उप(महानगरपालिका पुगेका स्थानिय हरुले बताउनु भयो ।


प्रतिकृया दिनुहोस