ताजा अपडेट

समयमा मल नपाउँदा कैलाली कञ्चनपुरका किसान मर्कामा

बुधबार, ०४ मङि्सर २०७६    सुदर्शन श्रेष्ठ



समयमा मल नपाउँदा कैलाली कञ्चनपुरका किसान मर्कामा

कैलाली, मंसिर ४ ।
पछिल्लो लामो समयदेखि रहँदै आएको मल अभावका कारण कैलाली कञ्चनपुरका किसान चिन्तित भएका छन् । 

पछिल्ला केहि समयदेखि मल अभावका कारण मर्कामा पर्दै आएका किसान फेरिपनि मलकै कारण चिन्तित बन्दै गएका छन् । बर्खाको समयमा भएको मलको अभाव अहिले पनि जस्ताको त्यस्तै छ ।

आवश्यकता अनुसार मलको अभावका कारण लगाइको बालीपनि सोचेजस्तो नभएपछि किसान चिन्तित बन्दै गएका छन् । यतिबेला बजारमा अतिआवश्यक मानिने युरिया, डिएपि जस्ता मलको अभाव रहँदै आएको छ ।

लामो समयदेखि मल पाउने आशमा घण्टौसम्म धनगढि उपमहानगरपालिका वडा नं. ५ हसनपुरमा रहेको राष्ट् सेवक बचत तथा  रिण सहकारी संस्थामा लाइनमा बस्नुभएका गेटाका किसान दिपक चौधरिले पछिल्लो समयपनि मल नपाएको गुनासो गर्दै सरकारी स्तरबाट किसानका लागि कुनै पहल नभएको बताउनुभयो । 

यतिबेला गहुँखतिको समय भएकोले निरन्तर हुने गरेको मल अभावको कारण निराश बनेका किसानको जनगुनासो सरकारले बेवास्ता गरेपछि पिडित बन्दै आएका छन् । सहजपुर्ण वातावरणमै मलको उपलब्धताको लागि सरकारले पहल गर्नुपर्ने सम्पुर्ण किसान वर्गको जनगुनासो रहेको धनगढी उपमहानगरपालिका बेला का स्थानिय गगन धानुले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निरन्तर किसानको समस्यालाई बेवस्ता गरेको सरकारले समयमै किसानको मागको सम्बोधन नगरे सम्पुर्ण किसान एकजुट भई सरकारको विरोध र आन्दोलन समेत गर्न पछि हट्दैनौ ।’


देशैभरी भइरहेको मल अभावका कारण आम किसानवर्ग मर्कामा पर्दै आईरहेका बेला सरकार पक्षबाट भने कुनै पहल चालिएको छैन । दैनिक मल अभावका कारण लगाइएको बालिबाट सोचेजस्तो आम्दानि नभएको किसानले गुनासो गर्दै आएका छन् ।

कहिले बिउमा भएको ठगि, कहिले किरा फट्गं्रा त कहिले समयमै खेतिमा बाला नलाग्दा मर्काका पर्दै आएका किसान यतिबेला फेरिपनि भएको मल अभावको कारण सास्ति खेप्न बाध्य भएका छन् । 
 


प्रतिकृया दिनुहोस