ताजा अपडेट

गायक टंक तिमिल्सिना बाधिए वैवाहिक बन्धनमा

देउडा गीत लगतएत आधुनिक र लोक पप गित गाएक तथा संतिकार तिमिल्सिना पछिल्लो युवा पुस्ताले निकै रुचाएका,

शनिबार, ३० कार्तिक २०७६    समीर भट्ट



गायक टंक तिमिल्सिना बाधिए वैवाहिक बन्धनमा

कात्तिक ३० । 
गायक टंक तिमिल्सिना वैवाहीक बन्धनमा बाधिएका छन् । सुदूरपश्चिमेलि देउडा गीत लगतएत आधुनिक र लोक पप गित गाएक तथा संतिकार तिमिल्सिना पछिल्लो युवा पुस्ताले निकै रुचाएका, लोकप्रिय कलाकार हुन् । 


सुदूरपश्चिमको अछाममा जन्मेका उनले जीवन का तितामिठा पल हरु साट्दै एउटा बिकट ठाउँबाट उजागर हुँदै धेरै दुःख गरेर कलाकारिता क्षेत्रमा लागीएको कुरालाई सम्झिदै आफ्नो फेसबुक स्टाटस मार्फत वैवाहीक बन्धनमा बाधिएको जानकारी दिएका छन् । 


तिमिल्सिनाको फेसबुक स्टाटस जस्ताको तेस्तै ।


जीवनमा धेरै संघर्ष गरियो । कहिले उकाली त कहिले ओराली झरियो । कहिले भाग्य ले साथ दियो त कहिले भाग्य ले धेरै पटक ठग्यो र रूहायो । जीवन का तितामिठा पल हरु साट्दै एउटा बिकट ठाउँबाट उजागर हुँदै धेरै दुःख गरेर कलाकारिता क्षेत्रमा लागीयो । दुःख र संघर्ष जारी थियो अनि हजुरहरुको माया एती धेरै पाइयो की । लाग्छ संसार मा सबै भन्दा खुसी व्यक्ति म आफूलाई ठानेको छु । भगवान माथि धेरै भरोसा गर्ने मान्छे म सधैं सही बाटोमा हिड्ने प्रयास गर्ने आस्था राख्दछु मनमा।हरेक मान्छे लाई आधारभूत कुराहरु चाहिन्छ बाँच्न को लागि।मैले सही गरे या गलत गरे तर जे गरे साँचो माया मन बाट गरे उनीलाई।एती गहिरो प्रेम थियो हाम्रो । उनी मा बिना अधुरो मा उनी बिना । त्यही सिलसिलामा उनको परिवारले बज्रपात गर्न खोज्यो उनको विहे अन्तै गराउने प्रयास गरियो अनि म छाँगा बाट खसे झै भए । अनि हामी दुई मिली उनको परिवार सँग प्रस्ताव राखियो हामीहरूको बिहे गराइदिनु भनेर तर अभसोस् त्यो नभयर उल्टो हामी लाई छुटाउने प्रयास भयो अनि त्यो परिवार को कदमलाई विफल पार्दै मैले आफ्नो डिसिजन लिए अब मैले मेरो माया लाई जसरी पनि प्राप्त गर्छु र एउटा मुना मदन रूपी जोडीलाई सफल बनाउँछु भनेर अघि बढे र म र उनी विवाह गर्ने निधो लियम र हामी मिति २०७६ र ०५ र २४ गरेका दिनमा हामी अब एक अर्का को हुने र जीवन भरी साथ दिने बाचाका साथ हामी एक भयका छौ अब साथ् र माया सदभाब हजुरहरुको ।
टंक ❤️ सरु


गायक टंक तिमिल्सिनालाई वैवाहिक तथा साङ्गीतिक जिवनको शुभकामना ।


प्रतिकृया दिनुहोस