भारतीय नक्सामा सीमा विवाद : प्रधानमन्त्री वलीले बोलाए सर्वदलीय बैठक

भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

शुक्रबार, २२ कार्तिक २०७६    क्यापीटल संवाददाता



भारतीय नक्सामा सीमा विवाद :  प्रधानमन्त्री वलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, कात्तिक २२ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।


 


प्रतिकृया दिनुहोस