Capital Live News http://capitallivenews.com Capital Live News - Capital Live News en-US hourly 1 Copyright 2020 Mon, 20 Jan 2020 01:48:22 +0545 बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली १ सय ७३ औं पटक रक्तदान गर्न पश्चिमनेपालको बाजुरा आउदै http://capitallivenews.com/news/2107 Sun, 19 Jan 2020 19:29:53 +0545 http://capitallivenews.com/news/2107 १७३ औं पटक रगत दान गर्न बिश्वबिख्यात रक्तदान गर्ने अभियान्ता अर्जुनप्रसाद मैनाली बाजुरा आउने भएका छन् । नेपालको पश्चिमी पहाडी भागमा गर्ववती महिलाले अत्यधिक रक्तश्राव भएर बाजुरा, माघ ५ ।
१७३ औं पटक रगत दान गर्न बिश्वबिख्यात रक्तदान गर्ने अभियान्ता अर्जुनप्रसाद मैनाली बाजुरा आउने भएका छन् ।


नेपालको पश्चिमी पहाडी भागमा गर्ववती महिलाले अत्यधिक रक्तश्राव भएर हरेक हप्ता जीवन गुमाइरहेका समाचार हेरीरहदा दुख लागेर त्यहाँ पुगेर रक्तदान प्रती सर्बसाधारणलाई हौसला प्रदान गर्न बिश्वबिख्यात रक्तदाता मैनाली बाजुरा आउने बताउनुभएको छ ।

बाजुरामा रक्तदान गर्न हौसला पछि बाजुरामा रगत नपाएको समाचार नसुन्न र बाजुराका युवाहरुले रक्तसन्चार गरेर मात्र ति महिलाहरुलाई बचाउन सकिन्छ भन्ने उदेश्यका साथ बाजुरा आउन लागेको रक्तदादा मैनालीले बताउनुभयो । बाजुरा लगायत सुदुर पहडी जिल्लामा धेरै कम युवाहरुले मात्र रक्तदान गर्ने गरेको र सो क्षेत्रमा आफुबाट हुने सहयोगले केही गर्न सकिन्छ भन्ने उदेश्यका साथ अमेरीकाबाट सिधै बाजुरा आउन लागेको मैनालीले बताउनुभयो क्षेत्रमा युवाहरुले रक्तदान गर्दैनन ।


गर्ववती महिलालाई उपचार गर्दा गर्दै रगत चाहिदा स्वास्थ्य कर्मी आँफै वा सेना वा प्रहरीले रगत दिएर बच्चाएको धेरै घटना छन । लामो समयसम्म यसरी सबै सुत्केरी महिलाले सेवा पाइरहन सक्दिनन र बाजुराबासीले रक्तदान गर्नुपर्छ भन्ने कुराको हौसला स्वरुप आदा दिनका लागी अमेरीका बाट बाजुरा आउन लागेको उहाले बताउनुभयो ।

 

म त्यहा रक्तदान गर्न हौषला प्रदान गर्न आउन लागेको छु गर्भवती महिला ले अत्यधिक रक्तस्राव हुदा रगत नै नपाएर अकालमा जीवन गुमाउनु परेको कुरा सुनेँ । दुख लाग्यो रक्तदान गरेर कमजÞोरी भइदैन भन्दै मेरो १७३ औं पटक को रक्तदान बाजुराका बिरामी बचाउन सकिन्छ भन्ने मान्यताले बाजुरा आउन लागेको उहाले बताउनुभएको छ ।

 

म त्यहा रक्तदान गर्न हौषला प्रदान गर्न आउन लागेको छु, गर्भवती महिला ले अत्यधिक रक्तस्राव हुदा रगत नै नपाएर अकालमा जीवन गुमाउनु परेको कुरा सुनेँ । दुख लाग्यो रक्तदान गरेर कमजÞोरी भइदैन भन्दै मेरो १७३ औं पटक को रक्तदान बाजुराका बिरामी बचाउन सकिन्छ भन्ने मान्यताले बाजुरा आउन लागेको उहाले बताउनुभएको छ ।

 

करिब १३ हजार किलोमटिर टाढा बाट आधा दिनको लागी मात्रै बाजुरा आउने कार्यक्रम रहेको रक्तदान अभियान्ता मैनालीले बताउनुभएको छ ।


त्यस क्षेत्रका सम्पूर्ण युवाहरुमा रक्तदान गर्नुपर्छ भन्ने भावना जनाउन जरुरी छ । मेरो घरको परिवारको सदस्यलाई रगत चाहिदा म आँफै दिन्छु भन्ने ज्ञान दिन जरुरी छ । रक्तदान गरेर कम्जोरी भईदैन, स्वस्थ ब्यक्तिले रगत दिन सकिन्छ भन्ने सिकाउन जरुरी भन्ने उदेश्यका साथ रत्तलदान अभियान्ता मैनाली बाजुरा आउने बताउनुभयो ।

]]>
अछाम जिल्लामै प्रथम पटक दुई स्थानमा विध्यालय स्तरीय संसदीय बहस सम्पन्न http://capitallivenews.com/news/2106 Sun, 19 Jan 2020 19:05:11 +0545 http://capitallivenews.com/news/2106 नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा अछाम जिल्लामै प्रथम पटक दुई सदनात्मक संसदीय प्रणालीमा आधारित माध्यमिक विध्यालय सम्मको बहस प्रतियोगिता सम्पन्न भएको छ । अछाम, माघ ५ ।
नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा अछाम जिल्लामै प्रथम पटक दुई सदनात्मक संसदीय प्रणालीमा आधारित माध्यमिक विध्यालय सम्मको बहस प्रतियोगिता सम्पन्न भएको छ । गत पुष महिनाको २३ र २४ गते साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, चौरपाटी गाउँपालिका तथा बान्निगढी जयगड गाउँपालिकाको आर्थिक सहयोगमा साँफेबगर स्थित जनकल्याण मा.वि मा माथि उल्लेखित पालिकाहरुको २८ विध्यालय समावेश गरि उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

 

यस प्रतियोगितामा साँफेबगरको श्री महेन्द्र  मा.वि. विजेता तथा चौरपाटिको श्री शान्ति मा.वि., बन्निगढिको ऐश्वर्य मा वि र बिन्ध्यवासिनी मा वि उप विजेता बन्न सफल भएका हुन् । यसै गरि सहभागी ५६ जना मध्ये बाट यज्ञ बोगटी, लक्ष्मी न्यौपाने र पुजा शाहले प्रथम द्वितीय र तृतीय उत्कृष्ट बहसकर्ताको उपाधी जित्न सफल भएका हुन् । त्यसैगरी यसै संस्थाले हजो र आज अछाम जिल्लाको चौरपाटि स्थित श्री शान्ति मा वि मा चौरपाटी गा.पा. वडा नं. ७ सिकाइ केन्द्रको आर्थिक  सहयोगमा गाउँपालिका स्तरिय संसदीय बहस प्रतियोगिता पनि आयोजना गरेको छ ।

 

चौरपाटिका १६ टिम सहभागी गराइ सम्पन्न भएको यस  दुई दिवसिय कार्यक्रममा श्री दयाँ पिपल तोला मा वि विजेता तथा युनिक लाइफ एकेडेमी, श्री देवि माण्डौ मा वि र दया पिपल तोलाको दोस्रो टिम उप विजेता बन्न सफल भएको हो । ३२ प्रतिस्पर्धी मध्ये प्रमोद बोगटी, मुकेश ब। औजि र योगेन्द्र बोगटी प्रथम, द्वितीय र तृतीय उत्कृष्ट बहसकर्ताको उपाधी चुम्न सफल भएका हुन् ।

 

प्रतियोगिताका प्रशिक्षक तथा प्रमुख निर्णायक विनोद खत्रीका अनुसार संसदीय पद्धतिको ज्ञान, कानुन निर्माण प्रक्रियाको ज्ञान तथा बहसकला सिकाउने उद्देश्यका साथ यस किसिमको प्रतियोगिताहरु आयोजना गरिएको बताएका छन् । साथै उक्त कार्यक्रमका सभाध्यक्ष समेत गरेका संस्थाका अध्यक्ष मुकुन्द दिप मडैले स्थानिय सरकारको यस्तै साथ र सहयोगहरु पाएमा यस्ता प्रतियोगिताहरु देशका अन्य थुप्रै जिल्लाहरूमा पुर्याउने लक्ष्य रहेको बताएका छन् ।

]]>
अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय http://capitallivenews.com/news/2105 Sun, 19 Jan 2020 18:53:51 +0545 http://capitallivenews.com/news/2105 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा काठमाडौं, माघ ५ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

 

त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

]]>
सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्नुपर्छः मन्त्री बास्कोटा http://capitallivenews.com/news/2104 Sun, 19 Jan 2020 18:43:31 +0545 http://capitallivenews.com/news/2104 सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले समाचारमा चित्त नबुझ्ने पीडितले अदालत जान पाउनुपर्ने बताएका छन् । काठमाडौं, माघ ५ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले समाचारमा चित्त नबुझ्ने पीडितले अदालत जान पाउनुपर्ने बताएका छन् । मिडिया काउन्सिललाई बढ्ता अधिकार दिन नहुने सञ्चारमन्त्री बास्कोटाको तर्क छ ।

 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आइतबार मिडिया काउन्सिलसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री बास्कोटाले विधेयकमा केही परिमार्जन गर्न सकिने प्रस्ताव गरे ।

 

मिडिया काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई २५ हजार देखि १० लाखसम्म जरिवाना गर्न सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । यो दफा हटाउनुपर्ने माग भइरहेका बेला मन्त्री बास्कोटाले ‘प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्ने प्रस्ताव गरे ।

 

साथै, जरिवानाको रकम घटाउने र पीडित जुनसुकै बेला अदालत जान सक्ने गरी बाटो खुला गर्नुपर्ने मन्त्री बास्कोटाले बताए बताए ।

]]>
प्रदेश १ मा थपिए चार राज्यमन्त्री http://capitallivenews.com/news/2103 Sun, 19 Jan 2020 18:30:18 +0545 http://capitallivenews.com/news/2103 प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । विराटनगर, माघ ५ ।
प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  उनले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

 

गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।

 

प्रदेश १ मा सात वटा मन्त्रालय छन् । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।

 

शनिबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री पद रिक्त राखेर राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।

]]>
सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई http://capitallivenews.com/news/2102 Sun, 19 Jan 2020 18:26:14 +0545 http://capitallivenews.com/news/2102 सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आज भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले चितवन, माघ ५ ।
सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आज भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।


अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

 

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

 

विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

]]>
नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र http://capitallivenews.com/news/2101 Sun, 19 Jan 2020 16:27:09 +0545 http://capitallivenews.com/news/2101 नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको छ । सरकारले हालै ल्याएको सूचना प्रविधि विधेयक, २०७६ प्रति नेपाली काग्रेसले गम्भीर आपत्ती जनाएको छ । धनगढी, माघ ५ ।

नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक  विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको छ । सरकारले हालै ल्याएको सूचना प्रविधि विधेयक, २०७६ प्रति नेपाली काग्रेसले गम्भीर आपत्ती जनाएको छ । नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिले विरोधपत्र सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।

नेपाली काग्रेस कैलाली जिल्ला कार्य समितिको  ज्ञापन पत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष पेश गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकारले सविधान पधत सूचनाको हक र अधिकारका विरोधमा सूचना प्रविधि सम्बन्धी विधेक ल्याएर जनताहरु को अधिकार लाई कुण्ठित पुराउन खोजी रहेको नेपाली काग्रेसले आपती जनाएको छ ।

 

सवै भन्दा आक्ररमण जनता ,सूचना प्रविधि र पे्रस माथी सरकारले आक्रमण गर्न खोजी रहेको नेपाली काग्रेस कैलाली जिल्ला कार्य समितिका कार्यवाहक सभापति प्रकाश बहादुर बमले बताए । उनले सरकारलाई टुढा समेत टेकाउने बताए ।

 

बिरोध पत्रको बाचन नेपाली कांग्रेस कैलालीका प्रशिक्षण बिभाग प्रमुख नुप बहादुर सुनारले गर्नु भएको थियो । भने प्रमुख जिल्ला आधिकारीलाई हस्तान्तरण सभापती प्रकाश बहादुर बमले गर्नु भएको हो ।

 

विधेकमा धेरै  त्रुटी भएकाले सरकारले विधेकनै फिर्ता गर्नु पर्ने उनले बताए । नेपाली कांग्रेसले आइतवार  कैलाली सहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।
 

]]>
डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा http://capitallivenews.com/news/2100 Sun, 19 Jan 2020 16:06:02 +0545 http://capitallivenews.com/news/2100 डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ। अमरगढी नगरपालिका डडेल्धुरा, माघ ५ ।
डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ। अमरगढी नगरपालिका ७ भालुमारेमा आइतबार बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रूख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो।

 

डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाको डोजर प्रयोग गरेर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। पहिरो र रूखका कारण राजमार्ग अवरुद्ध हुँदा मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहेको भए पनि बस र ट्रकलगायत ठूला सवारी साधन सडकमै रोकिएका थिए।

 

लगातारको वर्षा र हिमपातपछिको पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको थियो। राजमार्ग सञ्चालनमा आएसँगै बस र ट्रकलगायतका ठूला सवारीसाधन आ-आफ्नो गन्तव्यतिर लागेका छन्।
 

]]>
कैलालीको भजनीमा एक पुरुष मृत फेला http://capitallivenews.com/news/2099 Sun, 19 Jan 2020 15:54:02 +0545 http://capitallivenews.com/news/2099 कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको भजनी नगरपालिकामा सोही ठाउँका ५० वर्षीय खडकबहादुर चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ। कैलाली, माघ ५ ।
कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको भजनी नगरपालिकामा सोही ठाउँका ५० वर्षीय खडकबहादुर चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

 

गत माघ ३ गते वेलुका घरबाट खेतवारी हेर्न जान्छु भनी हिडेका चौधरी अवेरसम्म नआएपछि खोजी गर्दा खेतमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार चौधरीले शरिरमा लगाएको कपडा समेत जलेको थियो। उनको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

 

चौधरीको चटयाङ लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ तर घटनाको अनुसन्धान भईरहेका्े प्रहरी नायब उृपरिक्षक बस्नेतले बताए।

]]>
बहिनी हत्या गरी फरार दाजु १२ वर्षपछि पक्राउ http://capitallivenews.com/news/2098 Sun, 19 Jan 2020 15:36:49 +0545 http://capitallivenews.com/news/2098 करिब १२ वर्षअघि सुस्त मनस्थितिकी १० वर्षीया बहिनी रेखा बेलदारको हत्या गरी फरार रहेका दाजुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। भैरहवा, माघ ५ ।
करिब १२ वर्षअघि सुस्त मनस्थितिकी १० वर्षीया बहिनी रेखा बेलदारको हत्या गरी फरार रहेका दाजुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको मर्चवारी गाउँपालिका ६ ठर्की (साविकको बगौली गाविस १) का ५५ वर्षीया रामपत बेलदारको ६ जना छोरा छोरी थिए।

 

जसमध्ये छोरी रेखा सुस्त मनस्थितिकी थिइन् । नबालिका रेखा सुस्त मनस्थितिकी भएकाले बुवा रामपत र दाजु रामभवन बेलदार उनीसँग झन्झट मान्ने गरेका थिए । रेखालाई रुचाउन छाडेका थिए ।

 

सोही अनुसार बुवा र दाजुले हत्याको योजना बनाएर रेखाको टाउकोमा कोदालोले हानेर हत्या गरेको अनुसन्धानमा पाइएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

 

प्रहरीका अनुसार हत्यापश्चात रेखाको खोजतलास सुरु भएपछि ५ दिनपछि उनको शव नेपाल भारतको सीमानामा रहेको डण्डा नदी किनारमा खाल्डो खनेर पुरेको अवस्थमा फेला परेको थियो ।

 

आफ्नै परिवार सदस्यको निर्ममतापूर्वक हत्या गरेको भन्दै सोही समयमा स्थानीय तेजप्रसाद सिंहले कर्तव्य ज्यान मुद्दामा प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए । घटनालगत्तै अभियुक्त बुवा र दाजु फरार भएर भारतमा लुकिछिपी बस्दै आएका थिए ।

 

पक्राउ परेका ३७ वर्षीय दाजु राभवनले भारतमा बस्ने क्रममा फरार ५५ वर्षीय बुवाको मृत्यु भइसकेको प्रराम्भिक बयान दिएको प्रवक्ता खत्रीले बताए । फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा इप्रका मर्चवारबाट प्रहरी हवल्दार कृष्णसिंह वलीको कमाण्डमा खटेको टोली गोप्य सूचनाको आधारमा मर्चवारी गाउँपालिका ६ दुईमुहानघाटबाट दाजु रामभवनलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका रामभवनलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

]]>
प्रदेश १ सरकारमा ४ जना राज्यमन्त्री थपिँदै, आजै सपथ http://capitallivenews.com/news/2097 Sun, 19 Jan 2020 15:28:07 +0545 http://capitallivenews.com/news/2097 प्रदेश एक सरकार गठन भएको दुई वर्ष बित्‍न लाग्दा मूख्यमन्त्री शेरधन राईले बल्ल मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन्‌। प्रदेश सरकारमा दिउँसो ३ बजे ४ इटहरी, माघ ५  ।
प्रदेश एक सरकार गठन भएको दुई वर्ष बित्‍न लाग्दा मूख्यमन्त्री शेरधन राईले बल्ल मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन्‌। प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ। प्रदेश १ मुख्यमन्त्री कार्यलयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ।  

 

नयाँ मन्त्री हुनेहरुमा पूर्व एमाले बाट ३ र पूर्व माओवादी केन्द्र बाट १ जनाको नाम चर्चामा छ। पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाकी जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व-माओवादीका तर्फबाट मोरङका विजय विश्वास सामाजिक विकास राज्यमन्त्री बन्‍ने भएका हुन्।  

 

यससँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ। अहिलेलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप्‍न लागेका हुन्। केही समयपछि दुई मन्त्री थप्‍ने  तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ।

 

]]>
सभापति देउवा भन्छन्, एमसीसीमा काङ्ग्रेसको समर्थन छ, कुनै पनि हालतमा पास हुनुपर्छ! http://capitallivenews.com/news/2096 Sun, 19 Jan 2020 15:21:31 +0545 http://capitallivenews.com/news/2096 मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय विवादित बन्दै गएको अवस्थामा नेपाली काङ्ग्रेसको तर्फबाट पनि धारणा सार्वजनिक भएको छ । माघ, ५ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय विवादित बन्दै गएको अवस्थामा नेपाली काङ्ग्रेसको तर्फबाट पनि धारणा सार्वजनिक भएको छ ।

 

काङ्ग्रेसले एमसीसी नेपालको हितमा रहेको बताउँदै आएको र त्यसमा आफ्नो पनि समर्थन रहेको काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बताउनु भएको छ । विवादित बनेको एमसीसी कुनै पनि हालतमा पास हुनु पर्नेमा देउवाले जोड दिएको छ ।

 

उहाँले एमसीसी पास भएमा नेपालले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । नेपाली प्रेस युनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले नेपाल जस्तो अल्पविकसित देशमा विदेशी सहयोग अनिवार्य रहेको भन्दै एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले ५० करोड अमेरिकी डलर सहयोग गर्ने बताउनु भयो ।

 

उहाँले बाहिर हल्ला चलेजस्तो इन्डोप्यासिफिक रणनीति एमसीसीु मा नभएको समेत स्पष्ट पार्नुभयो । केही दिनअघि मात्रै अमेरिकी दूतावासले इन्डोप्यासिफिक रणनीति नभएको सार्वजनिक गरिसकेको अवस्थामा कुनै शङ्का नगरि हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने पार्टीको धारणा रहेको उहाँको भनाइ छ ।

 

सरकारले नेपालमा विद्युत उत्पादन बढाउने, सडक गुणस्तर कायम गर्ने तथा नेपाल र यस क्षेत्रबीच ऊर्जा व्यापारलाई सहज बनाउने उद्देश्यसहित एमसीसीसँग सम्झौता गरेको थियो ।

]]>
बेल्जियमकी राजकुमारी अस्त्रिद नेपालमा http://capitallivenews.com/news/2095 Sun, 19 Jan 2020 15:16:31 +0545 http://capitallivenews.com/news/2095 बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् । काठमाडौं, माघ ४ ।
बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् ।

 

उनी जनवरी १९ देखि २५ तारिखसम्मको नेपाल भ्रमणका क्रममा आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेकी छिन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल आइपुगेकी हुन् ।

 

उनले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।


अस्त्रिदले कैलाली, नवलपरासी र चितवनको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै उनले नयाँ क्षयरोग भवनको उद्घाटन र यसबाट प्रभावितसँग भेट्ने बताइएको छ ।


राजकुमारी अस्त्रिदको भ्रमणले नेपाल र बेलिज्यमको सम्बन्धमा थप सुदृढ हुने विश्वास लिइएको छ ।

]]>
आजबाट मौसम पूर्ण रूपमा सुधारिने http://capitallivenews.com/news/2094 Sun, 19 Jan 2020 15:04:52 +0545 http://capitallivenews.com/news/2094 केही दिनदेखिको बदली, वर्षा र हिमपातको श्रृंखला रोकिएर आजदेखि मौसम पूर्ण रूपमा सुधारिने अनुमान मौसमविद्ले गरेका छन् । माघ, ५ ।
केही दिनदेखिको बदली, वर्षा र हिमपातको श्रृंखला रोकिएर आजदेखि मौसम पूर्ण रूपमा सुधारिने अनुमान मौसमविद्ले गरेका छन् ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभा निस्तेज भएको छ र  मौसम घमाइलो बनेको छ ।


हाल देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली भए पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा मापन भएको छ ।

]]>
ओली–प्रचण्डबीच सहमतिः सभामुखको उम्मेद्वार टुंगो लगाउन नेकपाको सचिवालय बैठक बेलुकी ४ बजे बस्ने http://capitallivenews.com/news/2093 Sun, 19 Jan 2020 14:52:18 +0545 http://capitallivenews.com/news/2093 प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सभामुखको उम्मेद्वारमा पूर्वमाअ‍ोवादी नेता अग्नि सापकोटालाई चुनिएको स्रोतले जानकारी दियो । काठमाडौं, माघ ५ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सभामुखको उम्मेद्वारमा पूर्वमाअ‍ोवादी नेता अग्नि सापकोटालाई चुनिएको स्रोतले जानकारी दियो । यद्यपी आधिकारिक रुपमा सभामुखको उम्मेद्वारको नाम भने सार्वजनिक गरिएको छैन् ।

 

सभामुखको उम्मेद्वार टुंगो लगाउन नेकपाको सचिवालय बैठक बेलुकी ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक डाकिएको हो ।

 

४ बजे बस्ने सचिवलय बैठकबाट सभामुखको उम्मेद्वारको नाम अनुमोदन गरिने स्रोतको दाबी छ ।

 

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो । तर, उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडानमा छिन् ।

 

प्रधानमन्त्रीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा अघि सारेका थिए ।

 

]]>
गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता http://capitallivenews.com/news/2092 Sun, 19 Jan 2020 14:24:22 +0545 http://capitallivenews.com/news/2092 गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ। गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा भएको काठमाडौं, माघ ५ ।
गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ। गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा भएको विवादका बारेमा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनीविरुद्ध अभद्र मुद्दा दर्ता भएको हो।  

 

महिला प्रहरीमाथि दुर्व्यवहार गरेकीले उनीमाथि मुद्दा दर्ता गरिएको  प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरकाअनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई प्रकाउ गरी कारवाही अगाडि बढाइने छ।

 

प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अब प्रशासनबाट प्रकाउ पुर्जी जारी भएपछि कारबाही अगाडि बढाइने बताए। अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए।

 

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन्। विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरीका अधारमा प्रहरीले मुद्दा दर्ता गरेकी हुन्।

 

]]>
पबजी खेल्दाखेल्दै हृदयघात, २७ वर्षीय युवकको मृत्यु http://capitallivenews.com/news/2091 Sun, 19 Jan 2020 14:04:03 +0545 http://capitallivenews.com/news/2091 भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात हुनासाथ अस्पताल माघ, ५ ।
भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ। समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पबजीको लत लागेको थियो।

 

छोटकरीमा पबजी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्याटलग्राउण्डस्  नामक उक्त खेल हिंसाजन्य सामग्रीमा आधारित छ। चिकित्सकहरूका अनुसार खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसाहरू तन्कन पुगेका थिए। जसका कारण रक्तसञ्चारमा अनियमितता उत्पन्न हुँदा हृदयघात भएको थियो।

 

कक्षा १० सम्म पढेका हर्सल दुई वर्षअघिसम्म हाउसकिपिङको रुपमा कार्यरत थिए। पबजीको लत लागेपछि उनी दुई वर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले जनाएका छन्।

 

]]>
सडक साघुँराः चाप बढ्दै http://capitallivenews.com/news/2090 Sun, 19 Jan 2020 13:52:22 +0545 http://capitallivenews.com/news/2090 धनगढी, माघ ५ ।  धनगढी उपमहानगरपालिकाको मुल सडक नै साघुँरो हुँदा आवतजावत मै समस्या देखिन थालेको छ । धनगढी, माघ ५ । 
धनगढी उपमहानगरपालिकाको मुल सडक नै साघुँरो हुँदा आवतजावत मै समस्या देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानिको रुपमा रहेको धनगढी उपमहानगरपालिका भित्रका सडकको अवस्थाका कारण आम सर्वसाधरण मर्कामा पर्दै आएका छन् । 

नेपालकै १० ठूला शहरहरुमध्ये पर्ने धनगढी उपमहानगरपालिकाको जनसङख्या झण्डै २ लाखको हाराहारीमा रहेको छ । तर यहाँ भएका सडक सञ्जालहरुको उचित व्यवस्थापन हुन नसक्दा सवारी सञ्चालन तथा आवतजावत मै समस्या देखिदै आएको छ । 

दिनप्रतिदिन जनसंख्याका साथै सवारी साधनहरुको चाप बढ्ने क्रम जारी रहेका बेला व्यवस्थित रुपमा सडकहरुको निर्माण नै प्रमुख समस्याको रुपमा स्थापित भएको छ । 

धनगढीलाई नमुना शहरको रुपमा स्थापित गर्ने सपना बोकेकोे सरकारको ध्यान भने सडक निर्माण भन्दा पनि अन्य बाहिरी कुरामा गएको देखिएको छ । 

अन्य साना साना योजनाहरु भन्दा पनि धनगढीमा रहेका सडक सञ्जालहरु व्यवस्थित बनाउने र उचित रुपमा निर्माण तथा पर्बद्धन जस्ता योजनामा लगानि र ध्यानाकर्षण हुन आवश्यक देखिन्छ । 
 

]]>
किन बढ्दै छ आत्महत्या गर्नेको संख्या ? http://capitallivenews.com/news/2089 Sun, 19 Jan 2020 13:34:30 +0545 http://capitallivenews.com/news/2089 धनगढी, माघ ४ ।  जानी–जानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भन्ने गरिन्छ । धनगढी, माघ ४ । 
जानी–जानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भन्ने गरिन्छ । आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निरास भएर जिउनुभन्दा मर्नु सबैभन्दा उचित समाधान ठानी आत्महत्या गर्ने गरिन्छ ।
 
आत्महत्यालाई अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं सामाजिक दुर्घटनाको रुपमा पनि हेरिदै आएको छ । धार्मिक तथा सामाजिक दृष्टिले यसलाई पाप एवं अपराध आदि मानिँदै आए पनि अधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रूपमा लिईएको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनि करिब १० लाख मानिसहरुले आत्महत्या गर्ने गर्दछन् । सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ । विश्वमा हरेक ३ सेकेन्डमा १ आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको भेटिएको छ । 

धनगढी तथा कैलाली जिल्लामै आत्महत्याका घटना बढ्दै गएको भेटिएको छ । जिल्ला प्रहरी कार्यलय कैलालीको तथ्याङ्क अनुसार पछिल्लो साउन १ गतेदेखी अहिले सम्म ९२ आत्महत्या भएको पाइएको छ ।

भएका यि आत्महत्याको कारणहरुमध्ये विशेष गरी सामाजिक अपहेलना, घरायसी अवस्था, आर्थिक संकट तथा पे्रममा धोका पाएर हुने गरेको कैलाली जिल्लाका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभएको छ । 

कैलाली जिल्लाभरी साउन महिना देखी भएका आत्महत्याका घटनामा ९२ जना मध्ये झुण्डिएर आत्महत्या गर्नेमा पुरुष ३४, महिला ३७, बालक १ र बालिका ६ जना रहेका छन् । त्यस्तै विष सेवन गरेर आत्महत्या गर्नेमध्ये महिला ८, पुुरुष ५ र बालक १ जना रहेका छन् । 

]]>
नेपालका हिमालहरु सुरक्षित छन् भन्ने सन्देश दिऔंः मन्त्री भट्टराई http://capitallivenews.com/news/2088 Sun, 19 Jan 2020 12:13:27 +0545 http://capitallivenews.com/news/2088 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताएका छन् । काठमाडौं, माघ ५ ।
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताएका छन् ।

 

कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताए । ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनुपर्छ’ मन्त्री भट्टराईले भने ।


नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएपनि अहिले संकलन भइरहेको ४५र४६ करोड राजस्व अत्यन्तै न्यून भएको उनले बताए ।

]]>
कञ्चनपुरका आरक्ष पीडितलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीको सामूहिक प्रतिबद्धता http://capitallivenews.com/news/2087 Sun, 19 Jan 2020 11:58:31 +0545 http://capitallivenews.com/news/2087 कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कञ्चनपुर, माघ ५ ।
कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

कंचनपुरमा आरक्ष पीडित जनताका अगाडि वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र खानेपानी मन्त्री बिना मगरले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

 

वन मन्त्री बस्नेतले कंचनपुरका भूमिहीन आरक्ष पीडितहरुका समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको बताउनुभयो । “भूमिहीन भएर बस्नु पर्दाको पीडा हामीलाई थाहा छ, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नु भयो, “जनता दुखी भएर मुलुकको समृद्धि हुँदैन । समतामूलक समाज पनि बन्दैन । त्यसैले कंचनपुरको समस्या प्रती सरकार निकै गम्भीर छ । ”

 

कार्यक्रममा भूमि व्यवस्था मन्त्री अर्यालले आरक्ष पीडित जनतालाई सधैं पीडामा राख्नु हुँदैन भन्ने कुरामा सरकार दृढ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कंचनपुरका आरक्ष पीडित भूमिहीन जनताको समस्या समाधान गर्न नै आफू आएको स्पष्ट पार्नुभयो । ” सुकुम्बासी र भूमिहीन जनतालाई बासस्थानको व्यवस्था गर्ने सरकारको संकल्प हो, उहाँले भन्नु भयो, “यसका लागि हामीले भूमि ऎन ल्याएका छौं ।  भूमि ऎन मार्फत शक्तिशाली आयोग बनाएर भूमिहीन भएका जनताको समस्या समाधान गर्छौं ।”


 
त्यस्तै खानेपानी मन्त्री मगरले आरक्ष पीडित जनताका अगाडि यस अघि गरिएका बाचा तथा प्रतिबद्धता पुरा गरेरै छाड्ने बताउनुभयो । “धेरै वर्ष देखि यहाँहरुले त्रासदीपूर्ण जीवन बिताइरहनु भएको छ, उहाँले सम्बोधन गर्दै भन्नु भयो, ” त्रासदी पूर्ण जीवन र झुपडीमा बस्नुपर्ने दिनको अब चाडैं अन्त्य हुनेछ । हामी सबै प्रतिबद्धता र बाचा पुरा गर्ने छौं भनेर भन्न आएका हौं ।”

 

खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उहाँकै अग्रसरतामा दुई मन्त्री कन्चनपुर आउनु भएको हो ।

 

तत्कालीन सरकारले माओवादी जनयुद्धको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाइएको थियोे । त्यो समय देखि घरबार विहीन हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा यस अघिका जन प्रतिनिधि र सरकारले कुनै ठोस पहल गरेका थिएनन् । यस अघिका सरकारहरुले समस्या समाधानका लागि भन्दै विभिन्न आयोग बनाए पनि त्यतिबेलाका आयोगले कुनै समाधानको निकास ननिकालेको पीडित स्थानीयहरुको आरोप छ ।

 

२०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो ।

 

]]>
धनगढीमा ओम ट्रेडको तेस्रो शाखा विस्तार http://capitallivenews.com/news/2086 Sun, 19 Jan 2020 11:37:18 +0545 http://capitallivenews.com/news/2086 धनगढी, माघ ४ ।  धनगढीमा ओम ट्रेड को तेस्रो शाखा ओम ट्रेड डिपार्टमेन्टल स्टोर आजबाट सञ्चालनमा आएको छ । धनगढी, माघ ४ । 
धनगढीमा ओम ट्रेड को तेस्रो शाखा ओम ट्रेड डिपार्टमेन्टल स्टोर आजबाट सञ्चालनमा आएको छ । 

धनगढी उपमहानगरपालिका रातोपुलमा विगत लामो समयदेखी सञ्चालनमा रहेको ओम ट्रेड को तस्रो शाखाका रुपमा सेतोपुलमा झण्डै ३ करोडको लगानिमा ओम ट्रेड डिपार्टमेन्टल स्टोरको स्थापना गरेको संचालक मोहित शाहले जानकारी दिनुभयो । 

आफ्नो शाखा विस्तारका साथै धनगढीबासीलाई सुलभ रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यका साथ तेस्रो शाखा संचालन गरेको शाहले बताउनुभयो । 

]]>